पर्यटन विकासका लागि चन्द्रागिरिमा साइकल ऱ्याली

पर्यटन विकासका लागि चन्द्रागिरिमा साइकल ऱ्याली


चन्द्रागिरि नगरपालिकामा पर्यटन विकास गर्ने उद्देश्यले साइकल ऱ्याली आयोजना गरिएको छ । चन्द्रागिरि पर्यटन विकास समितिको आयोजनामा भएको ऱ्यालीमा करिब पाँच सय साइकलयात्रीले सहभागिता जनाएको समितिका उपाध्यक्ष सुन्दर थापाले जानकारी गराएका छन् ।

पुरानो नैकापको फुटबल मैदानबाट शुरु भएको साइकल ऱ्याली १५ वटै वडाको परिक्रमा गरी पुनः फुटबल मैदानमै पुगेर सम्पन्न भएको थियो । साइकल ऱ्यालीको उद्घाटन चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले गरेका थिए ।

नगरपालिकाको १५ वटै वडामा पर्यटन विकास र यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको प्रचारप्रसार गर्ने उद्देश्यले साइकल ऱ्याली सञ्चालन गरिएको उपाध्यक्ष थापाले बताए । उनले हरेक वर्ष साइकल ऱ्यालीलाई सञ्चालन गरिने बताए ।