पूर्वी पहाडी जिल्ला भोजपुरको छिनामखुमा जन्मी–हुर्की काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर कविता तथा गीत साधना गरिरहेका स्रष्टा अमर बान्तुको पहिलो गीति एल्बम ‘अमर भावना’ बजारमा आएको छ ।
आकर्षक साजसज्जासहित आएको एल्बममा ‘जिन्दगीको दौडमा’, ‘फूलजस्तै’, ‘फक्रँदै रहरहरू’, ‘युगौँ भयो’, ‘हिँड्नु पर्ने’, ‘जन्मने रहर’, ‘आमा’, ‘ओठमा आई’, ‘दिल्पा दाँवा’, ‘यति धेरै’, ‘भोजपुरैको बजारमा’समेत ११ वजनदार गीतहरू समाविष्ट छन् ।
पृथक् स्वाद र बान्कीका गीतहरूले भरिएको एल्बम ‘अमर भावना’मा सङ्गीतकारहरू राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सुमधुर सङ्गीत रहेको छ ।
एल्बममा गायक÷गायिकाहरू स्वरूपराज आचार्य, उदय सोताङ, राजेश पायल राई, अन्जु पन्त, एड्रिन प्रधान, आनी छोइङ डोल्मा, राज सागर, भीषण मुकारुङ र बानिका प्रधानको सम्मोनीय स्वर सजिएको छ ।
प्रतिक्रिया