तपाईंको यो साता

तपाईंको यो साता


मेष
राजनीतिक क्षेत्रमा मन खिन्न हुनेछ । बुद्धिको उपयोगले काम गर्ने चेष्टा लिनुहोला । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । साताको अन्त्यमा भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । लाभदायक यात्राको सम्भावना छ । सोचेभन्दा आम्दानी बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन
सरकारी जागिरेले महत्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति–प्रगतिको वातावरण बन्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । अप्रत्यासित कामबाट फाइदा लिन सकिनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्नेछन् । साताको सुरुवाती दिनमा क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व शिव भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह
ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । साताको अन्त्यबाट पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ रातो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

तुला
जोस, जाँगर र उमङ्ग बढ्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु
कार्यक्षेत्रमा अरूले गरेका–भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । साताको अन्त्यबाट राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मकर
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । साताको अन्त्यमा ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ नीलो वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ
बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यावसायिक यात्राको सम्भावना छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रा एवम् अविष्मरणीय यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ घ्यूरङ वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आइतबारदेखि दबाब र तनाव बढेको महसुस हुनेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सिन्दुरे हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको कार्यबाट सफलता मिल्नेछ ।