जबर्जस्ती गर्ने सुनार प्रहरी नियन्त्रणमा

जबर्जस्ती गर्ने सुनार प्रहरी नियन्त्रणमा


दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

मंगलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए ।

७० वर्षीय वृद्धलाई कुटपिट गर्ने कारागार चलान

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका ३३ वर्षीय किशोरदत्त भट्टलाई धरौटी रकम तिर्न नसक्दा कारागार चलान गरिएको छ । भट्टले यही भदौ १८ गते कुटानीपिसानी गर्न मिलमा आएका ७० वर्षीय वृद्ध रामदुलारी रानालाई कुटपिट गरेका थिए । भट्टसँग रु. १० हजार धरौटी माग गरे पनि तिर्न नसकेपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभद्र व्यवहार गर्ने कार्की कारबाहीमा

दश वर्षीया बालिकामाथि अभद्र व्यवहार गरेको आरोपमा बैतडीको दोगडा केदार गाउँपालिका–७ का ६० वर्षीय जयसिंह कार्कीलाई कारागार चलान गरिएको छ । धरौटी रकम रु. १० हजार तिर्न नसकेपछि उनलाई कारागार पठाइएको हो । कार्कीले यही भदौ १९ गते बालिकामाथि हातपात गर्दै अभद्र व्यवहार गरेका थिए ।

स्थानीयवासीले उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । धरौटीबापतको रकम तिर्न नसकेपछि कार्कीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।