१३ अंकले बढ्यो नेप्से

१३ अंकले बढ्यो नेप्से


धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ ।

बजारमा दोहोरो अंकको वृद्धि भई कारोबार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको सेयर आज १३.०६ अंकको वृद्धिसँगै अर्को उचाइमा पुगेको हो । कुल १६५ कम्पनीको रु. ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको सेयर किनबेच भएको थियो । स्टकका अनुसार आज होटेल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरू उपसमूहको सेयर भने वृद्धि भएको छ ।

स्टकका अनुसार बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बिमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बिमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोबारका आधारमा यस दिन एनआईसी एसिया बैंकको सेयर कारोबार आज अग्रस्थानमा छ । सो बैंकको रु. चार करोड ८९ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता सेयर मूल्य रु. ४०७ कायम हुन पुगेको छ ।

ग्लोबल आईएमई बैंकको रु. तीन करोड ६९ लाखबराबरको सेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आईसीएफसी फाइनान्सका सेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएका छन् ।