पोखरा–पर्वत सुरुङमार्ग चार वर्षभित्रै : मन्त्री लम्साल

पोखरा–पर्वत सुरुङमार्ग चार वर्षभित्रै : मन्त्री लम्साल


गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तिजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तिज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वतलगायत साबिक धौलागिरिका चार जिल्लालाई प्रदेश राजधानी पोखरासँग प्रत्यक्ष जोड्ने उक्त सुरुङमार्गको अहिले विस्तृत अध्ययन गर्ने काम भइरहेको बताउँदै अबको चार वर्षभित्रमा पूर्ण रूपमा सम्पन्न गर्ने तयारीमा रहेको बताए ।

नेपालको मुख्य पर्यटकीय हबका रूपमा विकास हुँदै गएको पोखरामा आउने आन्तरिक पर्यटकलाई अन्य जिल्लामा पनि पु¥याउन दुई सय सुविधासम्पन्न होटेल स्थापना गर्नेतर्फ पनि प्रदेश सरकार लागिपरेको बताए ।

मन्त्री लम्सालले पोखरालाई ग्रेटर सिटी र अन्य आपसापका जिल्लालाई स्याटलाइट सिटीका रूपमा विकास गर्ने गरी प्रदेशले बजेट तथा नीति तयार गरेको बताए । उनले गण्डकी प्रदेशले सुरुङमार्गको योजनालाई प्राथमिकतमा राखेको बताए ।