ग्लोबल आइएमई बैंक गोरखा शाखाको उद्घाटन

ग्लोबल आइएमई बैंक गोरखा शाखाको उद्घाटन


ग्लोबल आइएमई बैंकको गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरिएको छ । सो शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन रेका हुन् । त्यस्तै सोही शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिदै बैंकिङ्ग सेवाको पहुँच भन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने बताए । त्यस्तै उनले बैंकले प्रदान गरिरहेका सुविधा जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखा बजार, मनकामना र सिरानचोक गरी तीनवटा शाखा सञ्चालन गरिरहेको छ ।

त्यसैगरी ग्लोबल आइएमई बैंक लि.ले आफ्नो १३२औँ शाखा र १३७औँ एटिएम सेवा नवलपरासी जिल्लाको गैंडाकोटमा सञ्चालनमा ल्याएको छ । गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासँगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको बैंकले जनाएको छ ।

बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर, विदेशमा तीन प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाखभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसका साथै अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यस्तै, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।