पाठक मञ्च

पाठक मञ्च


pathakmanchसिनेमामा खडेरी, धन्दा मानव तस्करी ?
गुन्डागर्दी र मानवत स्करीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नै संरक्षण दिएको कुरा स्वाभाविक लाग्दैन । त्यसमाथि नयाँ आईजीपीले लिनुभएको फरक स्पिरिटसँग सुहाउँदो कुरा यो हुनै सक्दैन । तर, लागूऔषध, गाँजा र विभिन्न अपराधमा पटक–पटक जेल परेका नेपाली चलचित्र क्षेत्रका नाम चलेका कलाकार विराज भट्टका भाइ कृष्ण भट्ट, रवि भनिने भतिज रविन भट्टलगायत सुदूरपश्चिमको एउटा समूह गुन्डागर्दी र मानव तस्करीमा संलग्न रहेको र उनीहरूलाई प्रहरी प्रधान कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी अधिकृतहरूले नै संरक्षण दिएको स्रोतको भनाइ छ ।
सिनेमामा कामको खडेरी परेपछि कलाकार भट्ट हाल भारतमा रहेको बुझिन्छ । उनका भाइ कृष्ण भट्ट र भतिज रवि भट्टलगायत दर्जनभन्दा बढी सुदूरपश्चिमका युवाहरूचाहिँ मानव तस्करीमा लागिरहँदा र आफ्नै मातहतका वरिष्ठ प्रहरी अधिकारीहरूले गुन्डागर्दी, लागूऔषध र मानव तस्करीलाई संरक्षण दिइरहँदा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई भने गुमराहमै पारिएको बताइन्छ । अर्कोतर्फ भट्ट परिवार र नातेदारले आफ्ना चिनजानका केही डीआईजीहरूको नाम भजाउँदै लागूऔषध, गाँजा, मानव तस्करी र गुन्डागर्दी गर्दै आएको प्रहरी सूत्रको दाबी छ । समाजमा विकृति फैलाउने, लागूऔषध, गाँजा र मानव तस्करीलाई नियन्त्रण गर्न खोज्ने जुनियर प्रहरी कर्मचारीलाई माथिको आदेश भन्दै कारबाहीलाई अवरुद्ध पार्ने कार्य भइरहेको बताइएको छ । भट्ट भारतमा रहेका र उनका भाइ–भतिजले सुदूरपश्चिमका सर्वसाधारण, सोझा नागरिकलाई भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाउने गरेको स्रोतले दाबी गरेको छ । अर्कोतर्फ कृष्ण भट्ट, रवि भट्टलगायतको एउटा समूहले सुदूरपश्चिमका सर्वसाधारणलाई म्यानपावर कम्पनीमा पु-याएबापत जनही १० हजारदेखि ४० हजारसम्म लिने गरेका छन् भने व्यक्तिगत भिजा निकालेर एकमुष्ट रकम असुली मानव तस्करी गर्दै आउँदासमेत सम्बन्धित निकायले सुइँकोसमेत पाउन सकेको छैन । एकपटक वैदेशिक रोजगारीमा गएर आएका सर्वसाधारणलाई श्रमस्वीकृति निकालिदिने भन्दै प्रतिव्यक्ति पाँच हजारका दरले अवैध रकम असुली आफ्नै कोठामा राखेर अवैध धन्दा सञ्चालन गरिरहँदा सुदूरपश्चिमका प्रहरी अधिकृतले उनीहरूलाई संरक्षण गरेको बताइन्छ । यस्तो अवस्थामा रोजगार विभागले नयाँ सोच र शैली अपनाउँदै गरेको पनि चर्चा छ, तर यस्ता मानवतस्करको उपचार भने विभागको नयाँ सोच–शैलीले गर्न सक्ने हो–होइन, अझै यकिन गर्न सकिन्न ।
– भोजप्रसाद सिलवाल, हाल : काठमाडौं