एकपछि अर्को नयाँ चलचित्र पनि हात नपरेका होइनन् । तर, हात परेका प्रायः चलचित्र गरिमाका लागि व्यावसायिक रूपमा त्यति सबल भएर प्रस्तुत हुन सकेनन् । लामो समयदेखि कलाकारिता क्षेत्रमा लागिपर्दै आएकी अभिनेत्री गरिमा पन्तको चलचित्र यात्रामा यतिबेला आएर भने शुभसङ्केतहरू देखापर्न थालेका छन् । ‘धैर्य पनि धेरै गरेँ, अब भने आशा जागेको छ,’ उनले भनिन् । नेपाली चलचित्र क्षेत्रमा सोझी, भलाद्मी अनि विवादरहित अभिनेत्रीको रूपमा चिनिने गरिमासँग यसपटक कुराकानी गरिएको छ ।
० के अब गरिमाको दिन आएकै हो त ?
– अबचाहिँ आएजस्तो छ ।
० कसरी आभाष भयो नि ?
– चलचित्र झोलाको अत्यधिक सफलतापछि मैले मेरो कम गर्ने शैली र बजारमा मेरोबारेमा सोचिने सोचहरूमा परिवर्तन पाएकी छु ।
० पहिले झोला खेल्दा कस्तो प्रतिक्रिया आएको थियो ?
– ग्ल्यामर्स भूमिकातिर खेलिरहेकी मलाई यो सिनेमाबाट अफर आउँदा म दोधारमा थिएँ । कतै पछि छाप यस्तै भूमिकातिर पर्ने त होइन भन्ने डर थियो । तर, त्यसो भएन ।
० झोला यस्तो चल्छ जस्तो लागेको थियो त ?
– चल्न त चल्छ, तर यस्तो अपार रूपमा यसले यस्तो बजार हात पार्ला भन्ने सोचेकी थिइनँ ।
० झोला खेलेर गरिमालाई के फाइदा भयो त ?
– गरिमा अफर आएका र विविध चरित्रमा काम गर्न सक्छे भन्ने प्रभाव परेको छ ।
० झोलाको सफलतासँग अब गरिमाको पनि भाउ बढेछ भन्न थालेका छन् नि ?
– भाउ बढेको होइन, तर अब मैले पनि पारिश्रमिक र भूमिकाबारे ध्यान दिने सोच बनाएकी छु । पहिलेजस्तो हल्काफुल्का अनि कम्प्रोपाइज गर्न बाध्य हुने पारिश्रमिकमा काम नगर्ने योजना बनाएकी छु । म ठूली र घमण्डी भएकी छैन ।
० हालसालै एउटा चलचित्रबाट गरिमा निकालिएकी हुन् कि नखेलेकी हुन् ?
– म आफैँले नखेलेकी हुँ । पारिश्रमिक चित्त बुझेन अनि छाडेँ । उहाँहरूले पहिलेकै रूपमा मलाई पारिश्रमिक अफर गर्नुभयो अनि छाडेँ ।
० अहिले सुटिङ भइरहेको चलचित्र ‘ठूली’ नि ?
– यो चलचित्रमा भूमिका पनि राम्रो र पारिश्रमिक पनि । त्यसैले सहर्ष स्वीकारेर सुटिङ पनि सुरु भइसक्यो ।
० चलचित्र खेले पनि नचल्नुमा दोष कसको ?
– यसैको भन्न मिल्दैन । काम त सबैले राम्रै गरेका हुन्छन् र राम्रो नै होस् भन्छन्, तर बजारमा पुगेपछि केही फिल्म चल्दैनन् । भागीदार कसलाई ठान्ने ?
० भनेपछि अब गरिमाले पारिश्रमिक र भूमिकामा ध्यान दिन थालेकी हुन् ?
– अब त्यसैगरी अगाडि बढ्नुपर्ने भयो । सहज भइदिँदा केही सिनेकर्मीले पेलेका हुन् कि मलाई भन्ने भान पनि पर्न थाल्यो । अब थोरै फिल्म खेल्ने तर राम्रो खेल्ने सोच बनाएकी छु । अब सङ्ख्या घटाउने र गुणात्मक चलचित्रमा ध्यान दिने ।
सन्नीलाई ताली नम्रतालाई गाली
कसैको गलत नियतका कारण गोप्य भिडियो सार्वजनिक भएपछि अभिनेत्री नम्रता श्रेष्ठ र पूजा लामालाई वर्षौंसम्म गाली गर्ने शब्दहरू रोकिएनन् । यी दुईलाई गाली गरेर नथाक्नेहरू अस्ति पोर्नस्टार सन्नी लियोन केवल एक दिनका लागि काठमाडौं आउँदा प्रशंसा गरेर थाकेनन् ।
सन्नीका लागि शब्द खर्चने र वाहवाही गर्नेहरूले उनलाई भेट्न प्रयास पनि गरे, तर नेपाल र नेपालीका लागि उनी आएर के गरिन् ? त्यसको जवाफ भने कतैबाट मिलेको छैन । कुनै मुलुकको राष्ट्रपति आउनुभन्दा बढी चासो, ध्यान र महत्व दिएपछि अब नेपाली मिडिया पनि उदार हुन थालेको कुरा प्रतीत हुन्छ । कुनै महिलाका संवेदनशील अङ्गहरू देखाउनुपर्दा छोपेर देखाउने मिडियाहरूले सन्नीको दृश्यहरू खुल्लमखुला देखाउँदा केही वर्षअगाडि नम्रता श्रेष्ठ र पूजा लामाको बजारमा आएका अश्लील दृश्यहरू खासै होइनन् भन्ने कुरा स्पष्ट भएको छ । त्यतिबेला नेपाली मिडियाले नै यी दुईलाई बसिखानु दिएनन् । नम्रता त यतै छिन् तर पूजा भने पलायन नै भइन् । उनी कहाँ छिन् सबै अनविज्ञ छिन् । तर, यस्तै सिनेमा खेल्ने पोर्नस्टार काठमाडौं आउँदा भने भव्य स्वागत मात्र होइन कि उनको अभिव्यक्ति सुन्न र एक झलक पाउन धेरै लालायित देखिए । लाग्दथ्यो कि उनको एक झलक पाइयो भने जीवन नै धन्य हुन्छ । सन्नीले कस्तो फिल्म खेल्छिन् वा उनको परिचय के हो ? भनेर सोध्दा परिचय दिनेले पनि सहज जवाफ दिन सक्दैनन्, तर ठूलै महात्मा, गुरु, साधक अनि वैज्ञानिक आएजस्तो गरी सन्नीको स्वागत गरेको देखेर नम्रता पनि तीनछक परिन् रे ।
आफ्नाबारेमा नानाभाँतीका कुरा गरेर बहिष्कारसम्मका प्रसङ्ग कोट्याउने फिल्मकर्मीहरू पनि सन्नीलाई भेट्न र उनीसँग तस्बिर खिचाउन सन्नी बसेको होटल सोल्टीसम्म पुगेको खबर आएपछि नम्रता झनै अचम्ममा परिछिन् ।
उनलाई के थाहा नेपाली फिल्मकर्मीहरू यति चाँडै ‘एडभान्स’ हुन्छन् भन्ने कुरा । आफ्नालाई पाखा अनि अर्कालाई काखा बनाउने हाम्राहरूको नियत, विचार र सङ्गत देख्दा नम्रता मात्र होइन कि जोकोही पनि तीनछक पर्छन् । नपर्ने कुरै भएन ।
हिम्मतवालीका कुरै बेग्लै
पहिले अभिनय मात्र गर्थिन् रेखा थापा । त्यसपछि चलचित्र निर्माण गर्न थालिन् । तर, अब निर्देशक पनि बनेकी छिन् उनी । तर, निर्देशकको यो जिम्मेवारी भने रेखालाई एक्कासि आइपरेको हो । उनले भनिन्, ‘जसले यो पक्षको जिम्मेवारी लिएको थियो उसले गलत आचरण देखाइदिँदा म चलचित्रको निर्देशक बन्न बाध्य भएँ ।’
त्यसो त रेखाले चलचित्र निर्देशन गर्ने क्षमता र कौशलता आफूमा भएको कुरा पनि दाबी गरिन् । ‘एउटै व्यक्तिले धेरै विधामा हात हाल्नुहुन्न भन्ने मेरो सोच र धारणा थियो । तर, समय र परिस्थितिले त्यसो नभन्दोरहेछ,’ चलचित्र हिम्मतवालीमा आफू निर्देशक बन्नुपर्दाको अवस्थाबारे उनले स्पष्ट पारिन् । रेखाले बनाएको चलचित्र कालीले सुतेको नेपाली चलचित्र क्षेत्रलाई जगाएको चर्चा सेलाउन नपाउँदै उनले सुरु गरेको अर्को चलचित्र ‘हिम्मतवाली’को चर्चा–परिचर्चा पनि यतिबेला गरम भइसकेको छ । ‘छायाङ्कन सकाएर प्राविधिक कार्यमा व्यस्त छु । दशर्कहरूको भर, आशा र विश्वास मर्न नदिन म हिम्मतवालीलाई कालीभन्दा राम्रो बनाउनेछु,’ रेखाले हिम्मतवाली कुरा गरिन् ।
बिमा र कृष्णसुधा सम्मानित
मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङ क्षेत्रका विशिष्ट लोकगायक कृष्णसुधा ढुङ्गाना र कोकिलकण्ठी बिमाकुमारी दुरालाई एक समारोहबीच सम्मान गरेको छ । प्रतिष्ठानका संरक्षक कविवर माधवप्रसाद घिमिरेले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो । दुवै लोकगायक राष्ट्रिय तहमा समेत चर्चित र लोकप्रिय रहेका छन् । नेपाली वाङ्मयको विकास गर्ने तथा गण्डकी अञ्चलका लोकसाहित्यलाई विश्वस्तरमा पु-याउने उद्देश्यले ०५३ मा स्थापित यस संस्थाले हालै बृहत् कविगोष्ठीको पनि आयोजना ग-यो । कवि मुकुन्दराज पथिकको सभापतित्व तथा कविवर माधव घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सोमकान्त शर्मा, डा. कृष्णबहादुर थापा, डा. देवीप्रसाद सुवेदी, प्राज्ञ विष्णु प्रभात, रामचन्द्र पौडेल रम्घाली, कृष्णकान्त अधिकारी तथा कलाधर काफ्ले विशिष्ट अतिथि रहनुभएको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञाहलमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कलाकारद्वयले मन्तव्य दिँदै लोकगीत प्रस्तुत गरेका थिए भने बिमाकुमारी दुराले उपस्थित कवि तथा कवयित्रीहरूसित परिचय लिनुभएको थियो । रामरञ्जन पौडेलले पुरस्कृतद्वयको परिचय र सम्मानपत्र वाचन गर्नुभएको थियो । पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा कवि जगदीश्वर पोखरेलले स्वागत मन्तव्य तथा कवि कृष्णप्रसाद घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । प्रतिष्ठानले ०७० को मस्र्याङ्दी वाङ्मय पुरस्कार कवि डा. टीकाराम अधिकारीलाई प्रदान गर्ने निर्णय ग-यो । कार्यक्रममा राष्ट्रियस्तरका ख्यातिप्राप्त कवि तथा कलाकारको व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा जर्मन कवि डा. अल्फ्रेड ट्रेयुले नेपाली भाषामा पृथ्वी दिवस कवितामार्पmत नेपाललाई हरियाली बनाऔँ, नेपाललाई माया गर्न जानौँ भन्दै नेपाल र नेपाली भाषाप्रति आफ्नो अगाध माया रहेको कवितामार्पmत बताउनुभयो ।
कार्यक्रममा महाकवि भुवनहरि सिग्देल, महाकाव्यकार श्रीहरि फुँयाल, चर्चित कवि नवराज लम्साल, प्राज्ञ बूँद राना, डा. बमबहादुर थापा जिताली, बाजुराम पौडेल, डिल्लीराज उप्रेती, ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, रामचन्द्र ढुङ्गाना, डा. टीकाराम अधिकारी, मुक्तिनाथ शर्मा नेउपाने, काशीराज आचार्य, मुकुन्दराज पथिक, यदुनाथ ढुङ्गाना सरल, जनार्दन अधिकारी, विकास भट्टराई, ब्रह्मप्रिय प्रेमस्वरूप, सोनुका गुरुङ, पूर्णराम गिरी (भजन), शान्ति अधिकारी (शास्त्रीय गायन), टंकसेलिङ लिम्बू, निशान निष्कर्ष, सन्दीप झझल्को, दयाराम भट्टले कविता वाचन तथा चर्चित गायक विमल क्षेत्रीले जापान टोकियो गीत गाएर श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए ।
प्रतिक्रिया