हुम्लामा एक करोड ८४ लाख बराबरका चिनियाँ मदिरा नष्ट

हुम्लामा एक करोड ८४ लाख बराबरका चिनियाँ मदिरा नष्ट


चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ ।

जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए ।

गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा (झिनी), दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उनले बताए ।