मुलुक विकासका लागि शिक्षित नागरिक आवश्यक : साँसद आचार्य

मुलुक विकासका लागि शिक्षित नागरिक आवश्यक : साँसद आचार्य


नेपाली काँग्रेस रसुवाका सांसद मोहन आचार्यले मुलुकको समग्र विकासका लागि शिक्षित नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए । आइतबार एक कार्यक्रमका बिच सुर्योदय प्राथमिक बिद्यालय कालिका–४ धुसेनीको नवनिर्मित भवनको उद्घाटन गर्दै साँसद आचार्यले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य आचार्यले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षक शिक्षिकालाई अनुरोध गर्दै समाजलाई शिक्षित बनाउनुपर्नेमा जोड दिए । स्तरिय विद्ययालय भबन निर्माण गरिदिएकोमा दातालाई रसुवाली नागरिकका तर्फबाट धन्यवाद दिदै सासंद आचार्यले शिक्षित नागरिक विना मुलुक अघि बढ्न नसक्ने बताए । विद्यालय भवन क्यानेडियन नागरिकको १८ लाख रुपैयाँको सहयोगमा निर्माण गरिएको हो ।

सम्बृद्ध रसुवा निर्माण अभियानमा आफु कृयाशिल रहेको बताउदै उनले यसका लागि रसुवाली नागरिकको स्वास्थ्य, शिक्षा, सडक यातायात, कृषि, जलस्रोत र पर्यटन विकासलाई एकसाथ अगाडि बढाईएको बताए । जिल्लाका सबै गाउँलाई सडक संञ्जालमार्फत जोड्ने अभियान अन्तर्गत अहिले सडक निर्माण तिब्र गतिमा अघि बढिरहेको भन्दै उनले सडक निर्माणले भुकम्पपिडित रसुवाली नागरिकहरुको घर पूननिर्माण लागत घटाउनुका साथै स्थानिय कृषि उत्पादनलाई बजार पहुँचमा सहयोग मिलेको बताए ।

जिल्लाको सडक निर्माणको लागि साँसद आचार्यले आफ्नै व्यक्तिगत लगानीमा स्काभेटर र डोजर खरिद गरि जिल्लालाई उपलब्ध गराएका छन् ।