जितिया पर्व : सामाजिक एकता मजबुत तुल्याउने एक कडी

जितिया पर्व : सामाजिक एकता मजबुत तुल्याउने एक कडी


हेमशंकर सिंह, राजविराज

प्रदेश नम्बर २ का उपसभामुख उपमा देवले जितिया पर्वले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय एकतालाई मजवुत बनाएको बताएकी छिन् ।

थारु कल्याण कारिणीसभा सप्तरीले बुधवार सप्तरीको खडग नगरपालिकामा आयोजना गरेको जितिया महोत्सवमा बोल्दै उपसभामुख देवले जितिया पर्व सामाजिक एकता मजबुत तुल्याउने एक महत्वपूर्ण कडी भएको बताएकी हुन् ।

कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले सबै जाजजाति, धर्म, पराम्परा, संस्कृति जगेर्ना गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । देश विकास र सामाजिक रुपान्तरणका लागि सबै भाषा, धर्म, चार्डपर्वको सम्मान गर्ने राज्यको दायित्व रहेको भन्दै उनले सामाजिक न्याय र मानवअधिकार रक्षाका लागि सम्पुर्ण समुदाय गोलबद्ध हुनुपर्नेमा जोड दिइन् ।

पुर्वसभासद मानपुर चौधरीले खोसिएको अधिकार सुनिश्चितताको लागि सर्वपक्षीय दबाब दिन आवश्यक रहेको बताए । उनले सरकारमा रहेका मन्त्री, सदनमा रहेका सांसद, स्थानीय तहका जनप्रतिनिधि र सवब जातीय तथा वर्गीय संगठनमा आबद्ध प्रतिनिधिहरुलाई आदिवासी जनजातिको अधिकारका निम्ति आ-आफ्नो स्थानबाट अग्रणी भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले सबै जातजातिको संकृति जेगर्नामा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर २ का अध्यक्ष मनोज सिंह दनुवारले संघीय राज्य प्रणलीमा समेत आदिवासी जनजाति समुदायमाथिको चरणबद्ध रुपले प्रहार भईरहेको आरोप लगाए ।

कार्यक्रममा थारु भाषाको पौराणिक जितिया पर्वमा आधारित गीत, संगीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।