प्रधानसेनापति र कतारका राजदुतबीच भेटवार्ता

प्रधानसेनापति र कतारका राजदुतबीच भेटवार्ता


प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित कतार राजदुतावासका राजदुत युसुफ बीन मोहम्मद अल–हैलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आज जङ्गी अड्डामा भएको भेटवार्ताका क्रममा राजदुत युसुफले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै दुवैबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।