दशैँ मान्न घर गएका श्रीमानको मृत्यु, श्रीमती घाइते

दशैँ मान्न घर गएका श्रीमानको मृत्यु, श्रीमती घाइते


दशैँका लागि मोटसाइकलमा घर जाँदै गरेका एक दम्पतीलाई ट्रकले ठक्कर दिएको छ । काठमाडौंको नैकापमा उनीहरु सवार मोटरसाइकललाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको हो । घाइते भएकी श्रीमतीको अवस्था पनि गम्भीर रहेको छ ।

नैकाप ओरालोमा शनिबार साँझ बा ७९ प नम्बरको मोटरसाइकललाई ना ६ प ३०४१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । मृत्यु हुनेमा स्याङ्जा पिँढीखोला घर भएका पुन थापा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते बनेकी पुनकी श्रीमती दिव्या थापाको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । उनका श्रीमानलाई पनि उपचारका लागि ट्रमा सेन्टर ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।