नेपाली र स्वीस विद्यार्थीद्वारा संयुक्त रूपमा वृक्षारोपण

नेपाली र स्वीस विद्यार्थीद्वारा संयुक्त रूपमा वृक्षारोपण


जलवायु परिवर्तनका कारण बढ्दो प्रभावसँग जुझ्न ‘हरित पृथ्वी’को मूल नारासहित नेपाल र स्वीजरल्यान्डका विद्यार्थीहरूले संयुक्त रूपमा काठमाडौंमा वृक्षारोपण गरेका छन् ।

राजधानीको गेट कलेज र नेपाल–स्वीस विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल भ्रमणमा रहेका होटल व्यवस्थापन कलेज थन, स्वीजरल्यान्डका विद्यार्थीहरूले बुढानीलकण्ठ नगरपालिकास्थित रुद्रेश्वरमा वृक्षारोपण गरेका हुन् ।

गेट कलेज १७औं ब्याचका विद्यार्थीहरूको संयोजनमा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका १५० विरुवाहरू रोपिएको थियो ।