नेपाल-चीन संस्कृति प्रवर्द्धन तथा अनुवाद सम्मेलन

नेपाल-चीन संस्कृति प्रवर्द्धन तथा अनुवाद सम्मेलन


नेपाल र चीनबीच संस्कृति प्रवर्द्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी प्रथम सम्मेलन सुरु हुँदैछ । चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत रहेको चिनियाँ संस्कृति, अनुवाद तथा अध्ययन सहयोग केन्द्र (सीसीटीएसएस)को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज (मङ्गलबार)देखि काठमाडौंमा आयोजना गरिने सम्मेलनमा दुवै देशका तर्फबाट सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै गहन विमर्श गरिने प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीद्वारा उद्घाटन गरिने सम्मेलनमा नेपाल र चीनका संस्कृति, अनुवाद तथा प्रकाशन विज्ञहरूको सहभागिता रहने जनाइएको छ । ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौं सम्मेलन–२०७५’ नाम दिइएको सम्मेलन दुई दिनसम्म चल्ने प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताए ।