तपाईंको यो साता (राशिफल १४-२० कात्तिक)

तपाईंको यो साता (राशिफल १४-२० कात्तिक)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । आफन्तहरूको सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा सानोतिनो कामका लागि पनि निकै खट्नुपर्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । साताका लागि शुभअङ्क ५, ६ र शुभ रङ हरियो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिव भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ घ्यूरङ वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यबाट कहिलेकाहीँ राम्रो गर्दागर्दै र राम्रो बोल्दाबोल्दै पनि अपजस आइलाग्न सक्छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कर्कट
कार्यक्षेत्रमा अरूले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साताको पहिलो दिनबाट बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बिघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह
बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ । प्रायः सबै काम आफ्नै इच्छा एवम् निगरानीमा सम्पन्न हुनेछन् । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ हरियो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । भौतिक सम्पत्तिको जोहो हुन सक्छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पु¥याउनेछन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नुपर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । अनावश्यक यात्रा एवम् विविध झमेलामा झेलिनुपर्नेछ । मध्यसाताबाट आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

धनु
सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नुपर्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । साताको अन्त्यबाट अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ आकासे वा खैरो हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ
छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नुपर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्नेछ भने अभीष्ट कार्यसिद्धि हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
राजनीति, समाजसेवा तथा नोकरी आदि क्षेत्रमा क्षणिक रूपमा प्रतिष्ठा तथा जिम्मेवारी थपिनसक्नेछ भने उपयुक्त मानसम्मान प्राप्ति हुनेछ । उन्नति प्रगतिको वातावरण बन्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । विश्वासपात्रले प्रायः काममा साथ दिनेछन् । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।