दोहोरो अंकले घट्यो शेयर, कारोबार रकममा भने वृद्धि

दोहोरो अंकले घट्यो शेयर, कारोबार रकममा भने वृद्धि


धितोपत्र बजारमा आज अनपेक्षित गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ३४ बिन्दुले घटेर एक हजार २०७ दशमलव ६४ बिन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा आज करिब दुई प्रतिशतले बजारमा गिरावट आएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ७६ बिन्दुले घटेर २५६ दशमलव ९१ बिन्दुमा पुगेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ । कुल १५४ कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर रु. ५६ करोड ४७ लाख ८७ हजार ७३६ मूल्यमा खरिद–बिक्री भएको छ ।

स्टकका अनुसार आज अन्य उपसमूहको मात्रै शेयर कारोबारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर कारोबार ४ दशमलव २३ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १६ दशमलव १६, होटेल ५ दशमलव शून्य चार, विकास बैंक ७ दशमलव ३१, जलविद्युत ११ दशमलव ८३, वित्त ३ दशमलव ५७, निर्जीवन बिमा ६५ दशमलव ३९, उत्पादन १५ दशमलव २३, माइक्रोफाइनान्स ९ दशमलव ०४ र जीवन बिमा ९८ दशमलव ९७ बिन्दुले घटेको छ ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, साइन रेसुंगा विकास बैंक र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । लाइफ इन्सुरेन्स कम्पनी, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी तथा देवः विकास बैंकका शेयरधनीले भने गुमाएका छन् ।