बिछ्यौनामै मृत भेटिए दम्पती

बिछ्यौनामै मृत भेटिए दम्पती


कञ्चनपुरको लालझाडी गाउँपालिका-१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमल बिछ्यौनामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज (९ कात्तिक) बिहान मृत फेला पारिएको हो ।

घटनाबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए ।

मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएकोले घटना शङ्कास्पद रहेको र घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको प्रनाउ जोशीले जनाएका छन् ।

symbolic image