लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ


प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार पर्वत सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ ।

प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ३९, कालजेसिक चार थान तथा नगद रु १६ हजार बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।