तपाईंको यो साता (राशिफल, २१–२७ कात्तिक, २०७५)

तपाईंको यो साता (राशिफल, २१–२७ कात्तिक, २०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
राज्यस्तरबाट लोभ लाग्दा अवसर प्राप्त हुने सम्भावना छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रोकिएका काममा पुनस् प्रयत्न गर्दा सफलता हात लाग्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नपर्ने छ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । सूर्यको आराधनाले भय मुक्त हुन सहयोग पुर्‍याउला । मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न गार्‍हो छ । तर रमाइलो यात्रा र प्रेमीको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन
समाजसेवातर्फ आकर्षित भइनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ काम वा रोजगार पाईनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कर्कट
नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । घरायसी झमेलामा परिनेछ । साताको अन्त्यबाट राज्यबाट मानसम्मान मिल्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह
धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साथै अकस्मात धन९सम्पत्ति हात पर्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग कलेजी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग निलो वा हतोयो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

तुला
साथीभाइबाट बढी फाइदा लिने समय छ । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सोमबारबाट हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक
घर व्यवहारको समस्याले सताउनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ । प्राप्त अवसर गुमाउनुपर्दा मन खिन्न हुनेछ । जोश जाँगर र हिम्मत घट्नेछ । साताको पहिलोदिनबाट मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा दुविधा उत्पन्न हुनेछ । साताको अन्त्यमा काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

कुम्भ
भाग्यले विभिन्न अवसर जुराउनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । सामाजिक मान–प्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्‍याउनुहोला । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मीन
अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रमाइलो यात्राको योग रहेको छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।