रियो ओलम्पिकमा ठूलो धक्का
विश्वकप आयोजक राष्ट्र ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७–१ को अन्तरले लज्जास्पद हार व्यहोरेपछि विश्वभरि सन्सन्ी फैलिएको छ । विश्वकपको प्रमुख दावेदारको रुपमा रहेको ब्राजिलको यस्तो सर्मनाक पराजयले फुटबलपे्रमीलाई आश्चर्यचकित पारेको थियो । ब्राजिलले यस्तो पराजय भोग्नुपर्ला भनेर उनीहरूले सपनामा समेत सोचेका थिएनन् । ब्राजिल फाइनलमा पुग्ने र विश्वकपको उपाधि छैटौं पटक चुम्ने विश्वास विश्वभरिका ब्राजिल–समर्थकहरूको थियो । तर, नतिजा उल्टो अर्थात् लज्जात्मक आएपछि उनीहरूमा निकै ग्लानी पैदा भयो । परिणामतः विश्वभरिका ब्राजिल समर्थकहरू शोकमा डुबेका छन् । नेपालमा पनि ब्राजिलको हारमा दुःख मनाउनेहरू थुप्रै देखिए । ब्राजिलको हारलाई सहन नसकी कपाल मुन्डन गर्नेदेखि ज्यान गुमाउनसमेत यहाँ पैदा भए । ब्राजिलको हारको पीडा सहन नसकी सुनसरीकी १५ वर्षीया किशोरी प्रज्ञा थापाले झुन्डिएर आत्महत्या गरेकी थिइन्् । साथीसङ्गीले ‘तेरो ब्राजिल ७–० ले हा¥यो’ भनेर जिस्क्याएपछि ब्राजिलको अन्धसमर्थक प्रज्ञाले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी थिइन्् ।
विश्वकप फुटबलको २० औँ संस्करण आयोजना गर्ने अवसर पाएको ब्राजिलले सन् २०१६ को ओलम्पिक खेलकुद प्रतियोगिताको पनि आयोजना गर्दैछ । रियो ओलम्पिकको तयारीका लागि अहिले ब्राजिलले अर्बौं डलर खर्च गरिसकेको छ । ब्राजिलले विश्वकप जिते ओलम्पिकको आयोजनामा थप उर्जा मिल्ने विश्वास गरिएको थियो । तर दुर्भाग्य † ब्राजिलको विश्वकपको यात्रा सेमिफाइनलमा टुङ्गिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले समेत मौनता साधेको छ । ब्राजिल र जर्मनीबीच भएको सेमिफाइनल प्रत्यक्ष हेर्न ब्राजिल पुगेका आईओसीका अध्यक्ष थोमस वाच रङ्गशाला पुगेपछि कुन टोलीलाई समर्थन गर्ने भन्ने बारेमा द्विविधामा थिए । यसर्थमा कि उनको पहिलो स्वार्थ जर्मनी थियो । किनकि जर्मनी वाचको देश थियो, उनी पनि अन्य जर्मनीका नागरिकजस्तै जर्मनीले विजय हासिल गरेको देख्न चाहन्थे । अर्कोतर्फ ओलम्पिकको अध्यक्षको नाताले उनी ब्राजिलको प्रदर्शन पनि उत्कृष्ट देख्न चाहन्थे । यसर्थमा कि सन्् २०१६ को ओलम्पिक ब्राजिलको रियो द जेनेरियोमा हुँदै थियो । ब्राजिल र जर्मनीको सेमिफाइनल खेल रियो ओलम्पिक आयोजक कमिटीका प्रमुख कार्लोस नुजमानसँगसँगै हेरेका वाचले आफ्नो राष्ट्र जर्मनीले गोल गर्दा खुशीले गद्गद् हुँदै उफ्रेर समर्थन पनि गरेका थिए । तर, जब जर्मनीले ६–६ मिनेटको अन्तरमा गोलको वर्षा गर्न थाल्यो, उनको खुशी एक्कासी हराएको थियो । उनी केहि नबोली चुपचाप फुटबल मात्रै हेरिरहेका थिए । ब्राजिलको हार उनको लागि पाच्य बनेको थिएन । वाचलाई ओलम्पिक आयोजनाको पीडाले सताउन पुगेको थियो ।
जर्मनीसँगको स्तब्ध परिणामले ब्राजिलको फुटवलमाथि प्रश्नचिह्न लागेको अवस्थामा नेदरल्यान्डसँग तेश्रो स्थानका लागि हुने खेलमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको थियो । तर, यहाँ पनि ब्राजिलले हार ब्यहो¥यो । आयोजक राष्ट्र ब्राजिललाई गत वर्षको उपविजेता राष्ट्र नेदरल्यान्डले ३–० ले पराजित गरेको छ । जसले सेमिफाइनलमा जर्मनीसँग ब्यहोरेको लज्जात्मक हारमा पुनः नुनचुक लगाउने कार्य गरेको छ । यसरी आइओसीका अध्यक्ष वाचले ब्राजिललाई तेश्रो स्थानका लागि शुभकामना दिए पनि त्यो यथार्थमा परिणत हुन सकेन । यो विश्वकपमा युवा खेलाडीलाई मैदानमा उतारेर छैठौँ पटक विश्वकप जित्ने सपना गुथेको ब्राजिलले चौथो स्थानमै चित्त बुझाउनु परेको छ ।
ब्राजिलले लगातार दोश्रो हार व्यहोरेपछि अहिले विश्वमा ब्राजिलको फुटबल ब्रान्ड सकिएको दाबी विज्ञहरूले गरेका छन् । यो पराजय ब्राजिलको लागि निकै खतर्नाक र पीडादायी भएको बताउने विज्ञहरूले यसबाट उम्कन ब्राजिललाई निकै समय लाग्ने तर्क अगाडि सारेका छन् । साथै यो प्रदर्शनबाट विश्वभरि ब्राजिलका समर्थन घट्ने पनि उनीहरूले दाबी गरेका छन् । यसका लागि ब्राजिलले अहिल्यैदेखि दुरदर्शी भएर तयारी नगरे योभन्दा पनि पीडादायी परिणाम भोग्नुपर्ने ठोकुवासमेत उनीहरूले गरेका छन् ।
विश्वकप र ओलम्पिक प्रतियोगिताका लागि अर्बौं डलर खर्च गरेको ब्राजिलले आफ्नो खेलकुदप्रतिको भावनालाई अटल राख्न अब सन्् २०१६ मा आयोजना हुने ओलम्पिक प्रतियोगितालाई साम, दाम, दन्ड, भेद चारै नीतिको अवलम्बन गरि सफलताको मूर्तरुप दिन जरुरी भइसकेको छ । ब्राजिलका एक पक्षले खेलकुदमा राज्यले गरेको ठूलो लगानीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका कारणले पनि ओलम्पिक प्रतियोगिता ब्राजिलका लागि निकै चुनौतिपूर्ण बनेको छ । अझ ब्राजिलले भोगेको लज्जास्पद पराजयले आन्दोलनकारी र विरोधि पक्षलाई सघाएको छ । यस्तो अवस्थामा ब्राजिलमाथि मात्रै नभई आगामी ओलम्पिक प्रतियोगितामाथि समेत तरबार झुन्डिएको छ । यदि आन्दोलनकारीहरूले फुटबलको मुद्दालाई पुनः उठाएर ओलम्पिक खेलको आयोजनामा भाँजो हाल्न थाले त्यो ब्राजिलका लागि निकै कुठाराघात हुने प्रायः निश्चित छ । तसर्थ, अहिले ब्राजिलको हारले रियो ओलम्पिक आयोजना समेत ठूलो धक्का लागेको महसुस गरिएको छ । यसलाई सार्थक बनाउन अब ब्राजिलले आफुलाई कसरी प्रस्तुत गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ । र पनि, यो विश्वकपमा ब्राजिलका खेलप्रेमीहरूले देखाएको धैर्यता र संयमका कारण ब्राजिल खेलकुदप्रेमीको देश भनेर चिनिएको छ । उनीहरूकोे शान्त स्वभावले आगामी ओलम्पिकलाई पनि सफलताको मूर्तरूप नदेला भनीहाल्न मिल्दैन ।
यसरी अहिले ब्राजिलको खेलकुदको भविष्य रियो ओलम्पिकसँग गाँसिएको छ । यतिबेला ब्राजिल भ्रमणमा रहेका आईओसीका अध्यक्ष थोमस वाचले रियो ओलम्पिकको आयोजना बारेमा पनि छलफल गर्ने भएका छन् । उनले त्यहाँ रियो ओलम्पिकको आयोजनाबारे सरकारी अधिकारी र ओलम्पिक आयोजक कमिटीसँग कुराकानी गर्ने भएका छन् । ब्राजिलको हारलाई कालो दिनको संज्ञा दिएका वाचले यस्तो हारजित खेलमा हुन्छ भन्दै यसलाई सकात्मक रुपमा लिनुपर्ने बताएका छन् । ‘त्यो दिन जर्मनीको थियो, ब्राजिलको थिएन’ भन्दै खेलकुदको दुई पाटालाई आत्मसात गरेर अगाडि बढ्न वाचले रियो ओलम्पिक कमिटीका प्रमुखलाई सुझाव दिएका थिए । साथै वाचले ब्राजिलियन खेलप्रेमीको खुलेर प्रशंसा पनि गरेका थिए । वाचले ब्राजिल यति ठूलो अन्तरले पराजित हुँदासमेत समर्थकहरूले कुनै उछृङ्खल कार्य नगरी रङ्गशालामै बस्नु निकै सकारात्मक कुरो भएको बताए । उनले ब्राजिलका जनता खेलकुदप्रेमी भएको चर्चा गर्दै उनीहरूको यो धैर्यताले आगामी रियो ओलम्पिकलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
विश्वकप समाचार
जर्मनीलाई २४ वर्षपछि विश्वकप उपाधि
विश्वकप फुटबल प्रतियोगिताको २० औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिता आयोजना हुनुअघि विभिन्न टिकाटिप्पणीको सामना गर्नु परेको ब्राजिलले अन्तिममा विश्वकपलाई सफलताको दिलाएरै छाड्यो । भौतिक पूर्वाधारको निर्माण समयमै नभएको आरोप खेपेर आलोचित बन्न पुगेको ब्राजिलले विश्वकप भव्यताका साथ सम्पन्न गरेर आलोचकको मुखमा समेत बुझो लगाउन सफल भएको छ । ब्राजिलको विश्वकप यात्रा सेमिफाइनलमै रोकिए पनि आयोजकको रूपमा ब्राजिल निकै सफल भएको छ । विश्वकपको सफल आयोजनासँगै ब्राजिलको मान–प्रतिष्ठासमेत अहिले शिखरमा पुगेको छ भन्दा अत्युक्ति हुने छैन ।
सन्् २०१४ को विश्वकपको फाइनल खेल दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र जर्मनीबीच भएको थियो । निकै सन्सन्ीपूर्ण हुने अनुमान गरिएको फाइनल खेल सोचेभन्दा रोमान्चक भयो । माराकाना रङ्गशालामा ७५ हजार दर्शकको उपस्थितिमा भएको फाइनल खेलमा दुबै टिमले निर्धारित समयमा गोल गर्न नसक्दा अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २३औँ मिनेटमा २२ वर्षे युवा खेलाडी मारियो गोट्जले उत्कृष्ट गोल गर्दै जर्मनीलाई विश्व च्याम्पियन बनाएका थिए । उनी ८८ औँ मिनेटमा मिरोस्लाभ क्लोजको स्थानमा मैदानमा प्रवेश गरेका थिए । विश्वकपमा मारियोको यो दोश्रो गोल थियो । उनले यसअघि घानाविरुद्ध एक गोल गरेका थिए । यो विजयसँगै जर्मनीले चारपटक विश्वकप जित्न सफल भएको छ । विजयसँगै जर्मनीले ३ करोड ५० लाख डलरसमेत प्राप्त गरेको छ ।
विश्वकपको इतिहासमा विश्वकपको फाइनल लगातार अतिरिक्त समयमा धकेलिएको यो तेस्रो पटक हो । दक्षिण अफ्रिकामा सम्पन्न गत संस्करण र त्योभन्दा अघिको संस्करणमा पनि विश्वकपको नतिजा अतिरिक्त समयममै निस्किएको थियो । चार वर्षअघि दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको अतिरिक्त समयमै स्पेनका आन्द्रेज इनिस्टाको गोलले नेदरल्यान्डलाई पराजित गर्दै स्पेन विश्व च्याम्पियन बनेको थियो । विश्वकपको इतिहासमै अर्जेन्टिनाले अतिरिक्त समयमा गोल खाएको यो पहिलो अवसर हो । विश्वकप उपाधिका लागि जर्मनी र अर्जेन्टिना भिडेको यो समेत गरि तेस्रोपटक हो । सन्् १९८६ मा अर्जेन्टिना र जर्मनीबीच भएको फाइनल भीडन्तमा अर्जेन्टिनाले जर्मनीलाई ३–२ को अन्तरले पराजित गर्दै विश्वकप चुमेको थियो । उक्त फाइनल खेलमा म्याराडोनाले अद्वित्तिय खेलको प्रदर्शन गरेका थिए । त्यस्तै सन्् १९९० को विश्वकपको फाइनलमा पुनः जर्मनी र अर्जेन्टिनाको भिडन्त भएको थियो । उक्त विश्वकपमा जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै पुरानो हिसाबकिताब चुक्ता गरेको थियो । लामो समयपछि पुनः फाइनलमा आम्नेसाम्ने भएका यी दुवै टोलीकोे विश्वकप जित्ने सम्भावना उत्तिकै देखिए पनि अन्त्यमा जर्मनीले बाजी मारेको थियो । जर्मनी यसअघि सन्् २००६ र २०१० को विश्वकपमा सेमिफाइनलमा पराजित भएको थियो ।
विश्वकपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको जर्मनीको यो चौथो उपाधि हो । अर्को कुरा अमेरिकी महाद्विपमा पहिलो सफलता पाउने युरोपेली टोलीको रूपमा जर्मनीको नाम लेखिएको छ । यसअघि कुनै पनि युरोपेली राष्ट्रका टोलीले अमेरिका महाद्वीपमा विश्वकपको उपाधि चुम्ने सौभाग्य प्राप्त गरेका थिएनन् । अर्जेन्टिनाको तेश्रो पटक विश्वको उपाधि जित्ने सपनालाई ध्वस्त पार्ने क्रममा वैकल्पिक खेलाडी मारियोको एक गोलसँगै विश्वकपमा गोलको कीर्तिमान समेत बराबरी भएको छ । यसअघि सन्् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा सर्वाधिक १ सय ७१ गोल भएको थियो । यो नै विश्वकपमा अहिलेसम्म भएको सबैभन्दा बढी गोल थियो । अहिले ब्राजिलमा सम्पन्न विश्वकपमा पनि १ सय ७१ गोल भएको छ । जर्मनीको विश्वकप विजयसँगै विश्वकपमा एकलौटी राज गर्दै आएका अमेरिकी र युरोपियन टोलीको बर्चश्व पुनः कायम भएको छ । स्मरण रहोस्, विश्वकपको २० औँ संस्करणसम्म आइपुग्दा युरोपियनले ११ र अमेरिकनले ९ पटक उपाधि जित्न सफल भएका छन् ।
‘उत्कृष्ट खेलाडी’ मेसीलाई ‘गोल्डन बल’
अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई १४औँ विश्वकपको उत्कृष्ट खेलाडी घोषणा गर्दै गोल्डन बल प्रदान गरिएको छ । समुह चरणमा चार गोल गरेका मेसीले नकआउट चरणमा एउटै गोल गर्न नसके पनि प्लेमेकरको भूमिकामा उत्कृष्ट देखिएका थिए । मेसीकै महत्वपूर्ण भूमिका अर्थात् उनले मिलाइदिएको पासमा एन्जल डि मारियाले गोल गर्दै स्वीट्जरल्यान्डविरुद्ध गोल गर्दै अर्जेन्टिनालाई अन्तिम १६ मा पु¥याउन सफल भएका थिए । यो विश्वकपमा विपक्षी चारजना खेलाडीको घेराउमा परे तापनि मेसीले पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो टीमलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेका थिए । साथै नेदरल्यान्डसँग भएको सेमिफाइनल भिडन्तमा पहिलो पेनाल्टी हान्दै गोल गरेका मेसीको यो विश्वकपमा अद्वित्तिय प्रदर्शन गरेका थिए । आफ्नो राष्ट्रलाई विश्वकप दिलाउन असफल रहे पनि चारपटकका फिफा वर्ष खेलाडी मेसीले गोल्डन बल प्राप्त गरेर आफ्नो फुटबल करिअरमा अर्को महत्वपूर्ण उपाधि पाउन भने सफल भएका छन् ।
त्यस्तै, विश्वकप २०१४ मा सर्वाधिक गोल गर्ने कोलम्बियाका खेलाडी हामेस रोड्रिग्वेज उच्च गोलकर्ताको पुरस्कारबाट सम्मानित भएका छन् । रोड्रिग्वेजले यो सम्मानसँगै ‘गोल्डन बुट’ प्राप्त गरेका छन् । उनले यो विश्वकपका प्रत्येक खेलमा गोल गर्दै सर्वाधिक ६ गोल गरेका थिए । कोलम्बिया क्वाटर फाइनलमा ब्राजिलसँग पराजित भए पनि रोड्रिग्वेजले गोल्डन बुट प्राप्त गरेका थिए । यो विश्वकपमा जर्मनीका थोमस मुलरले पाँच, अर्जेन्टिनाका लियोनल मेसीले चार, ब्राजिलका नेइमारले चार र नेदरल्यान्डका रोविन भान पर्सिले चार गोल गरेका थिए । त्यस्तै ‘गोल्डन ग्लोभ्स’को उपाधि जर्मनीका गोलकिपर म्यानुयल नेयुरलाई प्रदान गरिएको थियो । उनले जर्मनीले खेलेका सात खेलमध्ये चार खेलमा गोल खाएका थिएनन् । यसैगरि युवा खेलाडीको उपाधि फ्रान्सका पाउलो पोग्वालाई प्रदान गरिएको थियो ।
समापन समारोहमा साकिराको रङ्गिन प्रस्तुति
विश्वकप समापन समारोहमा कोलम्बियाली चर्चित पप गायिका साकिराले रङ्गिन प्रस्तुति दिइन् । विश्वकप २०१४ को फाइनल खेल शुभारम्भ हुनुअघि आयोजित साङ्गीतिक कार्यक्रममा उनले ‘ला ला ला ला’ भन्ने विश्वकपको गीत गाएर रङ्गशालामा उपस्थित ७५ हजार दर्शकलाई सङ्गीतमा झुमाएकी थिइन् । रातो रङ्गको अनौठो वस्त्रमा अर्धनग्न रूपमा स्टेजमा देखिएकी साकिराले गीत गाउने क्रममा पटक–पटक ‘वेली डान्स’ समेत गरेकी थिइन् । निकै कामुक मुद्रामा प्रस्तुत भएकी साकिराले आफ्नो प्रस्तुतिलाई दमदार बनाउने क्रममा अङ्ग प्रदर्शन गर्न समेत कुनै कन्जुस्याई गरिनन् । स्मरणीय छ, गत वर्ष दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप फुटबलको उद्घाटन समारोहमा साकिराले ‘वाका वाका’ बोलको गीत गाएर निकै ख्याति कमाएकी थिइन् ।
बजेट क्रिकेटको कि खेलकुदको ?
नेपाल सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा क्रिकेट खेलको विकासलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरे पनि खेलकुदको मेरुदन्ड मानिने राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति भने मौनता साधेको छ । अर्थमन्त्री रामशरण महतले क्रिकेट खेलको उपलबिधलाई जोगेर्ना गर्दै यसको विकासको लागि आगामी वर्ष काठमाडौं मूलपानीको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिटलगायतका पूर्वाधार निर्माण गर्ने जनाएका छन् । मूलपानीस्थित क्रिकेट मैदानमा प्यारापिट लगायतका पूर्वाधार निर्माणका लागि २० करोड विनियोजन गरिएको छ । त्यस्तै भैरहवामा क्रिकेट मैदान निर्माण गर्नुका साथै अन्य सम्भाव्य स्थानमा क्रिकेट मैदान निर्माण कार्य सुरु गरिने भएको छ । त्यस्तै तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा न्युनतम एउटा खेल मैदान निर्माण गर्ने अभियानअन्तर्गत आगामी आर्थिक वर्षमा थप ५३ निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गरिने भएको छ ।
आर्थिक वर्ष ०७१–०७२ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ३६ करोड ९९ लाख ३९ हजार रुपैयाँको बजेट प्राप्त भएको छ । जसमा पूँजीगततर्फ ७० करोड ११ लाख ७७ हजार रहेको छ भने चालु अनुदानतर्फ ६६ करोड ८७ लाख ६२ हजार रहेको छ । गत आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब २५ करोड ५७ लाख १४ हजारको बजेट निनियोजन गरिएको थियो । जसमध्य १ अर्ब २ करोड खेलकुदको लागि रहेको थियो । आव ०७०/७१ को बजेटमा खेलकुदलाई ११ करोड मात्र बढी प्राप्त भएको छ । खेलकुदको विकासलाई आत्मसात गर्न नसकेको यो बजेटले समग्र खेलकुदको विकासलाई पुनः कछुवाको चालमै हिँडाउने प्रयत्न गरेको आभास हुन्छ । राज्यको कुल बजेटको एक प्रतिसत बजेट खेलकुदले पाउनुपर्ने खेलकुदका पदाधिकारीले दाबी गर्दै आए पनि यसपटक पनि सरकारले खेलकुदलाई सौतेलो व्यवहार गरेको छ । सरकारको यो ब्यवहारले खेलकुदले निरन्तरता पाउने भए पनि खेलकुदको विकासमा भने सिन्कै नभाँचिने प्रस्ट देखिएको छ ।
बजेटको बारेमा प्रतिक्रिया दिँदै राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले यो बजेट खेलकुदका लागि उत्साहजनक नभएको बताए । लामाले क्रिकेटको विकासको लागि सरकारले २० करोड रुपैयाँ विनियोजन गर्नु खुशीको कुरा भए पनि त्योबाहेक अन्य सबै विगतकै निरन्तरता भएको आरोप लगाए । क्रिकेटमा उत्साह छाए पनि राष्ट्रिय प्रतियोगिताको लागि बजेट नछुट्याइनु दुःखद भएका उनको कथन छ । लामाले छैटौँ राष्ट्रिय प्रतियोगितापश्चात् राष्ट्रिय प्रतियोगिता गर्न नसकिएको स्वीकार गर्दै गत वर्ष संविधानसभाको निर्वाचन परकोले त्यसको भर्ताल गर्न प्रथम लुम्बिनी च्याम्पियनसिप गरिएको तर अहिले सातौँ राष्ट्रिय प्रतियोगिताका लागि सरकारले बजेट प्रदान नगर्नु दुर्भाग्य भएको उल्लेख गरे । राष्ट्रिय प्रतियोगिता आयोजना गर्न २२ करोड रुपैयाँ लाग्ने बताउँदै लामाले सरकारले बजेट नदिएपछि त्यो असम्भव भएको तर्क गरे । त्यस्तै सन्निकट आएको एसियाली खेलकुद प्रतियोगिताको बारेमा पनि सरकारले यो बजेटमा केही नबोलेकोमा गुनासो गरिएको छ ।
ब्वाइज युनियनद्वारा यादव सम्मानित
ब्वाइज युनियन तेक्वान्दो डोजाङले रुसको मोस्कोमा भएको पँँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदकविजेता यादव कुँवरलाई सम्मान गरेको छ । सो अवसरमा टिम प्रशिक्षक जर्नाजन ढुङ्गेल पनि सम्मानित भए । गुरु पूर्णिमाका अवसरमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिम्सिनाले उनीहरूलाई कदरपत्रका साथ सम्मान गरेका थिए । यादव ब्वाइज युनियनका सल्लाहकार पनि रहेको डोजाङ प्रमुख राजेन्द्र खत्रीले जनाएका छन्् । गत जुनमा भएको उक्त च्याम्पियनसिपको पुरुष ६१ केजीमुनि तौलसमूहमा यादवले रजत जितेका थिए । यादव स्विट्जरल्यान्डको लुसेनमा भएको चौथो संस्करणका कास्यविजेता पनि हुन् ।
कराते खेडाडिहरू सम्मानित
भारतको राजधानी नयाँदिल्लीमा भएको दक्षिण एशियाली कराते प्रतियोगितामा पदक जितेका नेपाली कराते खेलाडीहरूलाई बालाजु कराते डो प्रतिष्ठानले सम्मान गरेको छ । यही असार ९ देखि १२ सम्म भएको सो प्रतियोगितामा नेपाली खेलाडीहरूले ६ स्वर्ण, ७ रजत र ६ काश्यपदक जितेका थिए । सोही प्रतियोगिताका दौरान भएको एसियाली कराते महासङ्घ (एकेएफ)को निर्णायक जज वी परिक्षा र प्रशिक्षक लाइसेन्स परिक्षा उत्तीर्ण गरेका गरी कुल २० जनालाई पनि सम्मान गरिएको थियो । एकेएफ जज वीतर्फ १४ जना उत्तीर्ण भएका थिए भने ६ जना प्रशिक्षकले परीक्षा पास गरेका थिए । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेन्डी शेर्पा र नेपाल कराते महासंङ्घका अध्यक्ष पुरेन्द्र लाखेले सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै आयोजक बालाजु कराते डो एकेडेमी, नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रुवविक्रम मल्लले करातेको विभाजनले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूमा परिरहेको समस्यालाई उजागर गर्दै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरेका थिए ।
दिल्लीमा भएको दक्षिण एसियाली प्रतियोगितामा कविता पौडेल, अनुपमा मगर, दिवस श्रेष्ठ, राजकुमार रसाइली, नवीन रसाइली र डाइना ओझाले स्वर्ण पदक जितेका थिए । त्यस्तै विमला तामाङ, पुजा पुलामी मगर, यमनसिंह ठकुरी, गौतम राईले रजत, टिम फाइटमा दिवस श्रेष्ठ, राम तामाङ, विनोद रोका, सुमन पुलामी मगर र राकेश श्रेष्ठले पनि रजत जितेका थिए । महिला टिम फाइट सिनियरमा रजत जित्ने टोलीमा अनुपमा मगर, कविता पौडेल, विमला तामाङ छन्् भने काश्य पदक विजेताहरूमा सुमन पुलामी मगर, विनोद रोका, निरज कुमार श्रेष्ठ, रमिला नगरकोटी, सोनु थापा र राकेश श्रेष्ठ छन्् ।
प्रतिक्रिया