प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी अब एक ढिक्का भएर अघि बढ्ने बताएका छन् ।
बुढानिलकण्ठस्थित उनको निवासमा विहिबार साँझ आयोजित देउसी–भैलो कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिबेला कुनै समस्या छैन ।’
उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्ने दाबी पनि गरे । उनले भने, ‘मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन । हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौँ ।’
कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनले बताए ।
प्रतिक्रिया