विश्वविख्यात ज्योतिषी सन्तोष बाशिष्ठ (उदयनारायण भट्टराई)ले आफूले काम गरेबापत प्राप्त पारिश्रमिकबाट एक लाख रुपैयाँ छुट्याई समाजसेवामा समर्पण गरेका छन् । प्राप्त जानकारीअनुसार ज्योतिषी भट्टराईले जापानको टोकियोमा केही व्यक्तिहरूको जन्मकुण्डली हेरेबापत प्राप्त पारिश्रमिकमध्येबाट एक लाख रुपैयाँ झापाको अर्जुनधारा नगरपालिका– ७ मा अवस्थित श्रीहरि प्रतिष्ठानलाई सहयोग दिएका छन् । श्रीहरि प्रतिष्ठानले गरिब परिवारका बालबालिकाको शिक्षाका निम्ति सहयोग पुऱ्याउने बुझिएको छ ।
जापान बसोबास गर्दै आएका व्यवसायी महेशकुमार श्रेष्ठ र शर्मिला श्रेष्ठको आग्रहमा गत साता टोकियो पुगेका सन्तोष वाशिष्ठले त्यहाँस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा बसी इच्छुकहरूको जन्मकुण्डली हेर्ने कार्य गरेका थिए । एक साताका निम्ति टोकियो पुगेका ज्योतिषी भट्टराईले इच्छुकहरू सबैको कुण्डली हेर्न भने समयाभावका कारण सकेनन् । कुण्डली देखाउन नपाउनेहरू दुःख मानेर फर्किएको बताइन्छ ।
सन्तोष वाशिष्ठ (उदयनारायण भट्टराई) ज्योतिषशास्त्रमा गरेका गहिरो अध्ययन–अनुसन्धानका कारण विश्वमै ख्याति आर्जन गर्न सफल ज्योतिषी मानिन्छन् । भट्टराई ‘बेस्ट आस्ट्रोलजर अफ एसिया– २०१७ इन्डोनेसिया, बोनाफाइड आस्ट्रोलोजर अफ नेपाल श्रीलङ्का, ग्लोबल अचिभर्स अवार्ड भारतलगायतबाट सम्मानित भइसकेका छन् । ज्योतिषीका साथै राजयोगमा विद्यावारिधि गर्दै गरेका भट्टराईलाई आर्किटेक्चर अमनकुमार मास्केले जापान यात्राका क्रममा विशेष सहयोग पुऱ्याएका थिए भने जापानमा कृष्ण र संगीता अधिकारीबाट पनि सहयोग भएको थियो ।
प्रतिक्रिया