रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2शिक्षिका बन्न भर्जिन हुनैपर्ने !
स्कुल शिक्षिकाको जागिर पाउनका लागि भर्जिन हुनुपर्ने कुरा आश्चर्यजनक मात्र होइन अस्वाभाविक पनि लाग्छ । तर, यस्तो आश्चर्यपूर्ण र अस्वाभाविक नियम छ ब्राजिलको चमकदमक र भीडभाडपूर्ण सहर साउपोलोमा । साउपोलोका कैयन स्थानमा टिचिङ प्रोफेसनमा आउन चाहने महिला भर्जिन हुनैपर्ने नियम लादिएको छ । डेली मेलले जनाएअनुसार साउपोलोका ज्यादाजसो प्राइभेट सेक्टरमा काम गर्ने कामदार नियुक्त गर्दा प्रायजसो लामो समयका लागि करार गर्ने कोसिस गरिन्छ । टिचिङ प्रोफेसनमा कोही लाग्छ भने उसले कमसेकम २५ वर्ष त्यसैमा गुजारोस् भन्ने रोजगारदाता पक्षको चाहना हुने गर्छ । यसरी लामो समयका लागि नियुक्त गर्नुपर्ने भएकोले ‘फिट’ व्यक्तिको छनोट गर्ने अधिकतम् प्रयत्न गरिन्छ । छनोट हुन चाहने महिलाले आफू यौन रोगबाट मुक्त रहेको प्रमाण दिन सक्नुपर्ने प्रावधान गरिएको छ, यस्तै आफ्नो कुमारित्व परीक्षण गराएर भर्जिन रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ । यस्तो अस्वाभाविक प्रावधानबारे विश्वले आपत्ति जनाएको छ । साउपोलोमै पनि यस्तो नियम आपत्तिजनक भन्दै विरोध हुने गरेको छ । शिक्षण पेसामा लाग्न महिलाले यस्तो लज्जास्पद अवस्थाबाट गुज्रनुपर्ने नियम तत्काल खारेज हुनुपर्ने भन्दै अधिकारकर्मीहरूले विरोधको आवाज चर्काएका छन् ।

यौन प्यास बुझाउन यत्रो धपेडी
मानिस हुन् कि अन्य जीव–जनावर, सबैलाई पापी पेटकै चिन्ता हुन्छ । यसैका लागि सबै आ–आफ्नो शैलीमा भौँतारिइरहेका हुन्छन् । खानेकुराकै खोजीको निम्ति कतिपय जनावर तथा पक्षी त लाखौँ माइलको यात्रा गर्छन् भन्ने विज्ञहरूको भनाइ छ । यसरी जीवहरूले पेटकै लागि टाढा–टाढासम्मको यात्रा गर्ने गरेको त हामीले सुन्दै आएकै कुरा भयो, तर सेक्सका लागि यस्तै लम्बेतान यात्रा पार गर्ने कुराचाहिँ निश्चय पनि अनौठै लाग्छ । जति नै अनौठो लागे पनि एसियन हाँस ‘बार हेडेड गुज’ यौन तुष्टि मेट्नकै लागि हिमालय पर्वतको उचाइ तथा तरेलीहरू पार गर्दै भारतदेखि तिब्बतसम्मको यात्रा गर्ने गर्छन् भन्ने विज्ञहरूको दाबी छ । उच्च तथा लामो यात्राकै दौरान यौनानन्द लिँदै तिब्बत पुगेर पोथी हाँसले अण्डा पार्छे । सेक्सुअल टुरको दौरान यी विशेष जातका हाँसले सगरमाथाको दायाँबायाँ २० हजार फिटको उचाइसमेत सजिलै पार गर्दछन् । एकै दिनमा हजार माइलसम्म उडान गर्ने र जस्तोसुकै हावाहुरी चले पनि नरोकिने ऊर्जा उनीहरूलाई यौनको प्यासले नै प्रदान गर्ने विज्ञहरू बताउँछन् ।

पत्नी उत्ताउलिएपछि अदालतको शरण
आफ्नो हनिमुनका दौरान खिचिएका नितान्त अन्तरङ्गी तस्बिर फेसबुकमा सेयर गर्ने हिम्मत सितिमिति कसैले गर्न सक्दैन । त्यसमाथि पनि कुनै महिलाबाट यस्तो अपेक्षा गर्न सकिन्न । इटालीको एक पुरुष भने आफ्नी पत्नीको यस्तै सोखका कारण आजित भएर अदालत गुहार्न पुगेका छन् । सुहागरातदेखि हनिमुनसम्मका अन्तरङ्गी तस्बिर सहमतिबाटै खिचिए पनि फेसबुकमा अपलोड गर्ने अनुमति भने श्रीमान्ले दिएका थिएनन् । तर, आफ्ना सेक्सुअल गतिविधि तस्बिरमार्फत सार्वजनिक नगरेसम्म श्रीमतीचाहिँलाई चित्तै बुझेनछ । धमाधम सोसिअल साइट फेसबुकमा आसन–आसनका नाङ्गेभुतुङ्गे तस्बिरहरू श्रीमतीले अपलोड गरिछन् । श्रीमान्ले त्यो हटाउन आग्रह गर्दा श्रीमतीले टेरिनछन् । त्यसपछि आफ्नो गोपनीयता पत्नीले भङ्ग गरिदिएकोले त्यो रोकिपाउँm भन्दै श्रीमान् पुगेछन् अदालत । अदालतले पतिको गोपनीयताको अधिकार हनन भएको भन्दै तत्काल फेसबुकबाट तस्बिर हटाउन पत्नीलाई आदेश दिएछ । उक्त फैसलाको इटालीमा स्वागत गरिएको एजेन्सीहरूको कथन छ ।

यौनक्रीडाको यो रूप
तपाईं सबेरै मर्निङवाकमा हुनुहुन्छ र त्यसक्रममा कुनै महिलाले आफ्नो पार्टनरलाई नाङ्गै पारेर हातखुट्टा टेक्न लगाई घाँटीमा दाम्लो लगाएर कुकुरझैँ डो-याएको देख्नुभयो भने कति आश्चर्य मान्नुहोला । अमेरिकाको भर्जिनियामा एक महिलाले यस्तै तमासा देखाइदिँदा पैदलयात्रुहरू हेरेकोहे-यै भए । बारबारा नामक ५३ वर्षीया महिलाले ५६ वर्षका रबर्टलाई नाङ्गै कुकुर बनाएर घिच्याएको घटनालाई प्रहरीले नजरअन्दाज गर्न सकेन । त्यसमाथि पुरुषको गुदद्वारमा कुनै लामो वस्तुसमेत झुन्डिरहेको देख्दा प्रहरीले सोधपुछ गर्नैपर्ने ठान्यो । नियन्त्रणमा लिएर सोधपुछ गर्दा बारबाराले निर्धक्क जवाफ दिइन्, ‘यसमा कसैले टाउको दुखाइरहनुपर्दैन, यो हाम्रो यौनजीवनको एउटा पार्ट हो, यतिबेला हामी यौनक्रीडारत छौँ । हाम्रो नियत कसैलाई चोट पु-याउने होइन ।’ नाङ्गिएर चारपाउ टेकेका पुरुषले समेत यसमा सहमति जनाएपछि प्रहरीले उनीहरूलाई त्यसै छोडिदियो ।