पाठक मञ्च

पाठक मञ्च


pathakmanch‘डन’लाई पार्टीको झन्डा ओढाउनेलाई सलाम !
०५६ मा एमाले रुकुमका लोकप्रिय नेता यदु गौतमको घाँटी रेटी हत्या भयो । एमाले कार्यकर्ता प्रचण्ड थैब दिनदहाडै मारिए । ओखलढुङ्गाका एमाले कार्यकर्ता छविलाल कार्कीको त्यस्तै हिसाबले हत्या भयो । तर, जनताको गौरवशाली पार्टी भन्ने एमालेका नेताहरूले यस्ता घटनाक्रममा कहिल्यै खासै आवाज उठाएर हत्यारालाई कारबाही गर्नुपर्छ भनेको सुन्न पाइएन । त्यस्तै, लोकप्रिय नेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पहिचान गराउने सवालमा एमाले वृत्तबाट कहिल्यै निचोडमा पुग्ने प्रकारको बन्द, हडताल भएन । तर आश्चर्य ! हत्या अभियोग, अपहरण र गुन्डागर्दीको आरोपमा फरार रहेका अभियुक्त गुण्डा नाइके रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरीको जवाफी कारबाहीमा मारिँदा एमाले पार्टीवृत्तमा ठूलै हलचल मच्चिई मृत्यु भएको १७ दिनपछि पार्टीको झन्डा ओढाएर अन्त्येष्टि गरियो । कति सस्तो भएछ एमालेका लागि कम्युनिस्ट पार्टीको झन्डा पनि ?!
आज एमालेको सिद्धान्तमा आस्था राख्नेहरूले के सोचिरहेका होलान् ? एक दशक जेलजीवन बिताएका झापा विद्रोहका योद्धा डिकेन्द्र राजवंशीले एमाले मुख्यालयमै एमाले नेताहरूको हेपाहा व्यवहार र उपेक्षाले गर्दा पासो लगाई ०६७ वैशाख ३ गते आत्महत्या गरे भने हत्याको चार महिनापछि उनका २४ वर्Èीय छोरा शम्भु राजवंशी पनि आत्महत्या गर्न बाध्य भएका थिए । यस घटनामा दोÈी को भनेर न्यायिक आयोग बनाउन डन चरीको मानवाधिकारको वकालत गर्ने एमाले नेताहरूले कहिल्यै आवश्यकता महसुस गरेनन् । तर, अपराध कर्म पछ्याएर दुनियाँलाई दु:ख दिने एउटा गुण्डानाइके प्रहरीमाथि जाइलागी प्रहरीले आत्मरक्षा गर्दा उसको ज्यान जान्छ र यस विÈयलाई सडकदेखि सदनसम्म आवाज उठाउन एमाले सभासद् तथा केन्द्रीय नेता राजेन्द्र पाण्डे नै अग्रसर हुन्छन् भने योभन्दा विडम्बनाको विषय अरू के हुन सक्छ ? एमालेको सिद्धान्तलाई छातीमा राख्नेहरूले डाडुमा पानी तताएर मरे पनि भएन त अब ? आफूहरूलाई नेपाली युवाका ढुकढुकी ठान्दै प्रखर नेता भनाउन चाहने रवीन्द्र अधिकारी, योगेश भट्टराई, राजेन्द्र राई, रामकुमारी झाँक्रीहरूले एमालेको गौरवगाथा अब कुन मुखले गाउँदा हुन् ?
देशमा दैवी प्रकोपबाट करोडौँको नोक्सानी हुँदा राजेन्द्र पाण्डेको आँखा पुगेन, कतिले आफ्ना सबै परिवार गुमाउँदा तिनलाई सहानुभूति दिन कमरेड पाण्डेका निम्ति शब्दै अनिकाल लागे । यसरी दिनेश अधिकारीको विÈयमा सभामुखतिर औँलो ठड्याउँदै प्रश्न गर्ने, गृहमन्त्रीसँग मुखामुख गर्ने र रामकुमारीजस्ता होनहार नेतृको अपमान गर्न खोज्ने पाण्डेलाई जनताको ‘सलाम’ छ ! अब त करोडाँै नेपाली जनताले ‘राजेन्द्र पाण्डे जिन्दावाद’ भन्नैपर्ने पो हो कि ?
एमाले मोरङ जिल्ला सदस्यसमेत रहेका कमल तामाङ ०६४ चैत ८ गते ४५ वर्Èीय कैलाश, कान्ता अग्रवालदम्पतीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् भने कुनै बेलाका एमाले कार्यकर्ता रहेका बाँके इन्द्रपुरका मेराज अहमद साही टेलिफोन र बिजुलीको तार चोरीको अभियोगमा ७ जेठ ०६५ मा पक्राउ पर्दा एमालेको दबाबमा धरौटीमा रिहा भए । जसले गर्दा साहीलाई थप हौसला मिलेछ र कुख्यात अपराधी सिकन्दर अली शेख खाँसँग मिलेर १४ असोज ०६७ मा बागेश्वरी उमाविमा अध्ययन गरिरहेका विद्यार्थी कपिल द्विवेदी र लीलाधर भट्टलाई अपहरणपश्चात् फिरौती असुल गरी हत्या गरे । पहिलो अपराधमा उनलाई रिहा गर्न कसैले दबाब नदिएको भए पक्कै त्यो घटना घट्दैनथ्यो । नेपाली सेनाका भगौडासमेत रहेका अर्का डन भनिएका सुजन पौडेल अर्थात् रमेश बाहुन किन एमालेका लागि प्यारो सावित हुन्छन् ? के राजनीतिक दलमा गुण्डा र आपराधिक प्रवृत्तिका कार्यकर्ता नभई हुँदैन ? के डनबिना पार्टीले आफनो रोडम्याप तयार गर्न सक्दैन ? के उनीहरूको संरक्षण गर्नु नेतृत्वपङ्क्तिको उत्तरदायित्व नै हो ? यस्ता अपराधीहरूका लागि पार्टीको आस्थालाई किन गिराइन्छ ? दाङमा हेल्मेट नलगाई मोटरसाइकल चलाएका एमाले कार्यकर्तालाई नचिन्दा दाङका ट्राफिक प्रहरीको जागिर झन्डै चट् भएको थियो । यस्ता दुष्कार्यको विरोध गरेर सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनेले प्रहरीको चिसो छिँडी भेटिसकेका छन् भने अपराध निर्मूल पार्न अपराधीलाई निशाना बनाउने प्रहरी अधिकृतहरू पुष्कर कार्की, रमेश खरेललगायतलाई कारबाहीको माग गरिन्छ । यस्तो भएपछि अर्बौं खर्च गरेर नेपालमा प्रहरी प्रशासन किन चाहियो ?
– अर्जुन बराल, हाल : दक्षिण कोरिया