नहरमा डुबेर मुखियाको मृत्यु

नहरमा डुबेर मुखियाको मृत्यु


सप्तरीको पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर मृत्यु भएको छ । घरनजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीय २५ वर्षीय रामबाबु मुखिया नहरमा डुबेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नहरको पुलमुनि माछा मार्ने क्रममा उनी डुबेका थिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।