प्रेमसागरले गरे १५६औँ पटक रक्तदान

प्रेमसागरले गरे १५६औँ पटक रक्तदान


नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि उनले मंगलबार पुनः रक्तदान गरेका हुन् ।

सो अवसरमा अस्पतालका निर्देशक डा जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता कर्माचार्यलाई बधाई दिँदै रक्तदानका लागि समाजमा अझै जनचेतनाको आवश्यकता रहेको बताए ।

अस्पतालका रक्तसञ्चार सेवा विभागका प्रमुख पर्शुराम दाहालले रगतको सहज आपूर्तिका लागि अध्यक्ष कर्माचार्यको योगदान महत्वपूर्ण रहेको बताए भने कर्माचार्यले हरेक तीन महीनाको अन्तरालमा आफूले रक्तदान गर्दै आएको जानकारी दिए ।