नेपाली कांग्रेसका पदाधिकारीको संख्यामा शीर्ष नेताहरूबीच सहमति जुटेको छ । आज बिहान उनीहरूबीच पदाधिकारीको संख्यासम्बन्धी विवादमा सहमति जुटेको हो । अब केहीबेरमा बस्न लागेको केन्द्रीय समिति बैठकभन्दा अघि कुनै कुनाबाट कुनै ‘हर्कत’ भएन भने शीर्ष नेताहरूबीच भएको सहमति अनुमोदन हुने भएको छ । सहमति जुटेसँगै अब नेपाली कांग्रेसको प्रस्तावित विधानमै सातजना सहमहामन्त्री निर्वाचित हुने कुरा उल्लेख गरिने भएको छ ।
आज बिहान केन्द्रीय कार्यालय सानेपामा उनीहरूबीच भएको सहमतिअनुसार अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका आधारमा सात सहमहामन्त्री निर्वाचित हुने भएका छन् ।
कोषाध्यक्षचाहिँ केन्द्रीय समितिबाट मनोनीत गर्ने पनि उनीहरूबीच सहमति भएको हो । सहमति जुटेसँगै अब कांग्रेस केन्द्रीय समितिमा पदाधिकारीको संख्या १३ हुनेछ ।
प्रतिक्रिया