आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ २१ आइतबार २०८३, जुलाई ५, २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (आषाढ २१ आइतबार २०८३, जुलाई ५, २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ आषाढ २१ गते आइतबार तद्अनुसार सन् २०२६ जुलाई ५ तारिख आषाढ कृष्णपक्षको पञ्चमी तिथि शतभिषा नक्षत्र १२ः४२ पर पूर्वाभाद्रपद नक्षत्र आयुष्मान योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ ।

आजको राशिफल

मेष – सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्ने समय छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा रोकिएका घरेलु काम सुचारु हुनेछन् । व्यवसायमा खर्च वृद्धि हुने योग छ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

वृष – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । तथापि, व्यावसाय विस्तारका लागि सुखद यात्राको अवसर जुट्ने देखिन्छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । मान र विद्या प्राप्तिसँगै आय वृद्धि होला । रोकिएको काम बन्नेछ । सामथ्र्य वृद्धि हुनेछ ।

मिथुन – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । नियमित कार्यमा व्यवधानका साथै जोश–जाँगरमा कमी आउन सक्छ । पठनपाठन एवम् लेखन कार्यमा पनि खासै समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । नचिताएको ठाउँमा धननाश हुने सम्भावना रहेकोले आर्थिक कार्यमा विशेष सजगताको खाँचो छ ।

कर्कट – कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । केही प्रतिस्पर्धा गर्नुपर्ला, तर कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । प्रतिष्पर्धीहरूको चलखेल बढ्नाले चुनौती सामना भने गर्नुपर्ने देखिन्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । भाग्यबल बढ्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । आरोग्यबल वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ ।

सिंह – सानो प्रयत्नले पनि ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत हुने देखिन्छ । दौडधुप बढेपनि चिताएका काम क्रमशः सम्पादन हुनेछन् । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

कन्या – परोपकार वा सामाजिक कार्यमा मन जाने र सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफन्त एवम् परिवारजन टाढिएलान् । वैदेशिक क्षेत्रको कार्यबाट लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति होला । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । साझेदारीको काममा विशेष लाभ होला । समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । तर आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । नियमित कार्य सुचारु रहेपनि थप कामको जिम्मेवारीले ब्यस्तता बढाउने देखिन्छ । इष्र्या गर्नेले दुःख दिन सक्छन् । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक – मिश्रित फलदायी समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिएला । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै होला । तर, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्ने देखिन्छ । सरसापटमा धन खर्च हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने र बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । तपाईंको प्रतिभाको कदर हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

मकर – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ हुने योग छ, तर अरूको मात्र भर पर्दा धोका हुनसक्ने सम्भावनातर्फ सजग रहनु उचित हुनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । पहिलेको उपलब्धिले अध्ययन कार्यमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । पराक्रमका साथै आरोग्यबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कुम्भ – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । कसैसंग सामान्य मनमुटाव हुनसक्ने योग छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । तथापि, रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मीन – केही चुनौती बढ्ने दिन छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।