पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता


पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच आज (शुक्रबार) पोखरामा भेटवार्ता भएको छ । उनीहरूबीच पोखरा– १७ दोबिल्लास्थित माउन्ट ग्लोरीमा रिसोर्टमा बिहान ९ देखि १०ः१५ बजेसम्म भेटवार्ता भएको हो ।

१६ दिने भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र धर्मपत्नी कोमलसहित पुस २ सोमबारदेखि पोखरामा रहेका छन् भने थापा पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन हिजो (बिहीबार) पोखरा पुगेका हुन् ।

भेटमा पूर्वराजा शाहले देशको बिग्रँदो अवस्थाप्रति चासो राख्दै समसामयिक राष्ट्रिय राजनीति, हिन्दूधर्म एवं राप्रपा एकीकरणका विषयमा कुराकानी भएको बुझिएको छ । पूर्वराजा शाह र राप्रपा अध्यक्षबीच शुक्रबार भएको यस भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ ।