नयाँ शक्ति नेपाल पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हिसिला यमीले देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएकी छिन् ।
मार्तडीमा आज आयोजित विचार प्रचारात्मक तथा सङ्गठन विस्तार कार्यक्रममा यमीले देशमा आर्थिक समृद्धि अपरिहार्य रहेको धारणा राखिन् । उनले जिल्लामा स्थानीय राजनीतिक दलले चासो नदेखाएको आरोप लगाइन् । सडक तथा विद्युत् नभएका जिल्लामा चार नगरपालिका बनाउनु उपयुक्त नभएको उनको भनाइ छ ।
पूर्वमन्त्री यमीले पार्टीले समतामूलक समृद्धि, समानुपातिक समावेशी तथा सहभागितामूलक लोकतन्त्र, सदाचार र सुशासन, स्वाधीनता सार्वभौमिकता एवं समुन्नत समाज बनाउने नयाँ शक्तिको मुख्यध्येय भएको बताइन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नयाँ शक्ति नेपाल पार्टीका संयोजक कृष्ण चौधरीले नयाँ शक्ति नेपाल पार्टीले राजनीतिक परिवर्तनसँगै विकास निर्माणका काममा समेत जोड दिँदै आएको बताए ।
प्रतिक्रिया