झापाका अग्रज पत्रकार नकूल काजीलाई अभिनन्दन गरिएको छ । भद्रपुर नगरपालिकाको वडा नं ५ वडा समितिले आयोजना गरेको ‘रिभर साइडबीच भलिबल’ प्रतियोगिताको समापन कार्यक्रममा शनिबार अग्रज पत्रकार काजीलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले अग्रज पत्रकार काजीलाई अभिनन्दपत्रसहित नगद रू पाँच हजार हस्तान्तरण गरे । कूल १९ साहित्यिक कृतिका सर्जक ७५ वर्षीय काजी आधा शताब्दीदेखि निरन्तर पत्रकारिता पेशामा क्रियाशील छन् ।
कार्यक्रममा पूर्व फूटबल खेलाडी दिलीप भूइँमाली र नेपाल पुलिस क्लबका भलिबल प्रशिक्षक सरोज श्रेष्ठलाई पनि नगदसहित सम्मान गरिएको छ ।
प्रतिक्रिया