अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आइतबारको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ । अपराह्न ४ः३० बजे बोलाइएको बैठक स्थगन भएको जानकारी दिँदै केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अर्को बैठक पुस ११ गते बुधबार बस्ने बताए ।
बैठकमा पेश भएको प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपराह्न बोलाइएकोे बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम रहेकोले सो पार्टीसम्बद्ध नेता तथा कार्यकर्ताले बडो चासोका साथ बैठकको प्रतीक्षा गरेका थिए ।
बैठकमा सहभागिता जनाउन सबै सदस्य पार्टी कार्यालय पुगिसकेर पनि अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरिएको हो । अध्यक्ष ओली आज सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनलगायत कार्यक्रममा सहभागी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताइएको छ ।
बताइएअनुसार आइतबार बिहानको बैठकमा विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए । उनले सो सम्मेलन कुनै धर्म प्रचारका लागि नभई नेपालको हितमा रहेको दाबी गरे पनि भीम रावल, घनश्याम भुषाललगायत नेताहरुले चर्को ढंगले माधवको प्रष्टिकरणको प्रतिवाद गरेका थिए ।
प्रतिक्रिया