युवालाई रचनात्मक काममा लगाऔँ : पूर्वप्रधामन्त्री भट्टराई

युवालाई रचनात्मक काममा लगाऔँ : पूर्वप्रधामन्त्री भट्टराई


पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले युवाले देशमै रचनात्मक काम गर्नुपर्ने बताएका छन् । निर्माणसम्बन्धी सम्पूर्ण काम एकै ठाउँमा हुने गरी स्थापना भएको राईजिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सीको उद्घाटन गर्दै उनले देश विकास गर्ने हो भने युवा जनशक्तिलाई रोजगारी दिएर निर्माणसम्बन्धी काममा लगाउनुपर्ने बताए । यस्ता व्यवसायीलाई सरकारले सकारात्मक सहयोग गर्न सके वैदेशिक रोजगारीमा जाने जनशक्ति राष्ट्र निर्माणमा लाग्ने नेता भट्टराईको भनाइ थियो । निर्माणसम्बन्धी सबै काम एक थलोबाट हुने भएपछि भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पुग्ने उनको तर्क थियो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अमर राय, इञ्जिनीयर औरेन्द्र यादव लगायतले निर्माण क्षेत्रमा नयाँ तरिकाले काम गर्न लागिएको जानकारी दिएका थिए ।