इतिहासकै बलियो सरकारका रुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले ओली नेतृत्वको सरकार बरालिएको आरोप लगाएका हुन् ।
चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आइतबार स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्ने तर्क गर्दै कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो पर्न जाने वर्तमान अवस्थाले चरितार्थ गरिरहेको औंल्याए ।
बलियो सरकार हुँदाहुँदै पनि सरकारले पाएको मौकाको सही सदुपयोग गर्न नसक्ु दुर्भाग्य भएको गगनको ठहर छ । नेपाली काङ्ग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यमा कुनै पनि अवरोध नगरेको पनि उनले बताए ।
सरकारले धेरैभन्दा धेरै कार्य गरोस् र सफल होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको भन्दै उनले भने, ‘हामी चार वर्ष सरकारलाई प्रमुख प्रतिपक्षीको हैसियतले सहयोग गर्छौं तर सरकारले राम्रो काम गर्न सकेन र जनता सरकारको काम कार्यबाट विरक्त भएका छन् ।’
प्रतिक्रिया