भदौरे पञ्चासे महोत्सवको तयारी

भदौरे पञ्चासे महोत्सवको तयारी


कास्कीको अन्नपूर्ण गाउँपालिका-४ स्थित पर्यटकीय स्थान भदौरेमा २१औँ भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसारको सम्पूर्ण तयारी पुरा भएको छ । भदौरे क्लब, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा पुस १०–१५ मा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको हो ।

महोत्सवमा विभिन्न खेलकुद, सांस्कृतिक कार्यक्रमका साथै विशेष आकर्षणमा कोदोबाट बनेका परिकारहरू राखिने भदौरे क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए । युवाहरूलाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन पनि महोत्सवमा युवाका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको अध्यक्ष गुरुङले बताए ।

महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसी लगायतका प्रतियोगिताका साथमा विभिन्न संँस्कृतिक कार्यक्रम रहने आयोजकले बताएको छ । साथै पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका प्रथम हुने टीमले नगद ७० हजार तथा द्धितियले नगद ४० हजारसहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने जानकारी पनि आयोजकले दिएको छ ।

– राजु गिरी