तपाईंका सात दिन (राशिफल, ११-१७ पुष २०७५)

तपाईंका सात दिन (राशिफल, ११-१७ पुष २०७५)


  • ज्यो.पं. नरायणप्रसाद दुलाल

मेष
सरकारी निकायको भय रहला । अनावश्यक यात्रा एवं विविध झमेलामा झेलिनु पर्नेछ । साताको अन्त्यबाट लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आँटेको र ताकेको कार्य पूरा होला । इनाम र प्रतिष्ठा कमाउने बेलाछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक यात्राको सम्भावनापनि छ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
राजनैतिक कार्यमा सफलता मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । साताको अन्त्यमा सहकर्मीबाट विरोध आउला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । छोटो दुरीको रमणीय र सुखद यात्राको योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । साताको अन्त्यबाट मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

कन्या
शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ्ग आकासे वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला
बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व सूर्यनारायणको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साताको अन्त्यमा व्यवसायमा नोक्सानी बेहोर्नुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ्ग रातो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । पारिवारिक सुखका निमित्त केही खर्च गर्नुपर्ला । साताको पहिलो दिनबाट पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरिगरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कसैकसैका लागि सन्तानप्राप्तिको योग छ । धर्मकर्ममा मन लाग्नेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नतिप्रगतिको वातावरण बन्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ्ग सुन्तला वा निलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कुम्भ
विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । ताकेको कार्य पूरा होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जुक्ति बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । आर्थिक पक्ष सबल हँदै विदेश भ्रमण गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

मीन
सामाजिक सभासमारोहमा भाग लिनुपर्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ्ग घ्युरंग वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।