प्रथम भूपि पुरस्कार सुधा त्रिपाठीलाई

प्रथम भूपि पुरस्कार सुधा त्रिपाठीलाई


धवलागिरी साहित्य प्रतिष्ठान बागलुङले स्थापना गरेको भूपि पुरस्कार पहिलोपटक सुधा त्रिपाठीलाई प्रदान गरिएको छ । कवि भूपि शेरचनको ८४औँ जयन्तीका अवसरमा त्रिपाठीलाई भूपि पुरस्कार प्रदान गरिएको हो ।

प्रतिष्ठानले भूपिका कवितामा ‘ब्यङ्ग्यालङ्कार–चेतना’ अनुसन्धान कृतिका लेखक त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. त्रिपाठीलाई नगद १५ हजारसहित दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको धवलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

कवि भूपिको साहित्य इतिहासलाई थप टेवा पुऱ्याएको भन्दै त्रिपाठीलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार त्रिपाठीलाई प्रदान गरिएको हो ।

पुरस्कार अक्षय कोषमा विशेष सहयोग पुऱ्याउनुहुने भूपिका धर्मपत्नी कान्ती शेरचनलाई धौलागिरी साहित्यक प्रतिष्ठानको तर्फबाट संरक्षक सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

साहित्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न साहित्य प्रेमीलाई समेत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । साहित्यकार सरुभक्त, भूपि शेरचनका धर्मपत्नी कान्ती शेरचले लगायतले कवि भूपि शेरचनको ८४औँ जन्म जयन्तीका अवसरमा तस्बीरमा माल्याणपन गरेका थिए ।