वैदिककालमा जातपात नरहेको दाबी

वैदिककालमा जातपात नरहेको दाबी


नेपाल गृहस्थ धर्म सेवा सदनको आयोजनामा गोंगवु आवास क्षेत्र कार्यविनायक गणेश मन्दिरमा वैदिक सनातन धर्मको बारेमा छलफल कार्यक्रम आयोजना भएको छ । संस्थाका अध्यक्ष आचार्य गुरु तुलसीराम पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वहाँले वैदिककालमा कुनै पनि जातभात, छुवाछुत र विभेद नभएको उल्लेख गर्दै त्यसबेला सबै समान रहेको शास्त्रहरूले बताए पनि पछि मात्र समुदायका हर्ताकर्ताहरूले आफ्नो स्वार्थसिद्धिका लागि समाजमा अनेक जात र वर्गको संरचना गरेको धारणा राख्नुभयो ।

विभिन्न संघ संस्थाका प्रतिनिधिहरू समेत सहभागी सो कार्यक्रममा प्रमुख वक्ता पूर्वन्यायाधीश कृष्णवल्लभ काफ्लेले सनातन धर्मको विकृति विसङ्गतिमाथि प्रष्ट पार्नुभयो भने अन्य वक्तमा संस्थाका उपाध्यक्ष बाबुराम भण्डारी र कोषाध्यक्ष कृष्ण थापा हुनुहुन्थ्यो ।