संविधानलाई काङ्ग्रेसले रक्षा गर्नुपर्छ : नेता बडू

संविधानलाई काङ्ग्रेसले रक्षा गर्नुपर्छ : नेता बडू


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ बैतडीका विद्यार्थी नेतासँग शनिबार भएको भेटघाटमा उनले भने, राजनीतिक दलहरुबीच अब विकासमा प्रतिस्पर्धा हुनुपर्दछ ।’

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता बडूले काङ्ग्रेस बलियो प्रतिपक्षीको भूमीकामा रहेको उल्लेख गर्दै काङ्ग्रेसको नेतृत्वमा बनेको संविधानलाई काङ्ग्रेसले नै रक्षा गर्नुपर्छ भने ।