नेपाली काङ्ग्रेस झापा सदरमुकाम भद्रपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताले लगातार हिन्दु धर्मविरोधि विचार व्यक्त गर्न थालेपछि झापा (भद्रपुर)का काङ्ग्रेसी युवाहरू रुष्ट बन्न पुगेका छन् ।
आफूलाई गिरिजाप्रसाद कोइरालाको ‘लिगेसी’को रूपमा समेत चिनाउन खोज्ने कृष्ण सिटौलाले पछिल्ला दिनमा सार्वजनिक कार्यक्रमहरुमा हिन्दु धर्मविरोधि अभिव्यक्ति दिँदै आएका छन् । आफ्नै जिल्लाका नेताबाट यस्तो रवैया प्रकट गरिएपछि युवा काङ्ग्रेसजन चिढिन पुगेका हुन् ।
यसरी आफ्नो मुलुकको मौलिक पहिचानको रूपमा रहेको हिन्दु धर्म–संस्कृतिविरुद्ध विसंगतिपूर्ण कुरा गर्न थालेपछि भद्रपुरका जुझारु युवाहरूले सिटौला–प्रवृत्तिको विरोध गर्दै सनातन हिन्दु धर्मको पक्षमा सबै एकजुट भएर अघि बढ्ने प्रण गरेका छन् ।
यसै सिलसिलामा हिजो शनिबार (पुस १४)का दिन राजधानी काठमाडौंमा युवा काङ्ग्रेसीहरूको एक भेला सम्पन्न भएको छ । भद्रपुरका पुराना काङ्ग्रेस नेता राजेन्द्र घिमिरेको अगुवाईमा सम्पन्न भेलाले हिन्दु धर्मविरोधिसँग परिस्थितिअनुसार लड्ने निधो गर्नुका साथै ‘उजाड’ भद्रपुरलाई पुनः क्रियाशील बनाउने प्रणसमेत गरेका छन् ।
नेपाली काङ्ग्रेसका अर्का पुराना नेता उत्तर चापागाईंसहित करिव तीन दर्जन युवाहरूको सो भेलामा नेता घिमिरे, चापागाईंलगायतले सनातन हिन्दु धर्मको रक्षार्थ आफूसक्दो प्रयास गर्दै अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया