विपीको राष्ट्रिय मेलमिलाप नीति राप्रपाको निम्ति प्रेरक !

विपीको राष्ट्रिय मेलमिलाप नीति राप्रपाको निम्ति प्रेरक !


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिएको बताएका छन् ।

४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीमा थापाले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको तर्क गरे ।

सोही अवसरमा नेपाल विद्यार्थी सङ्घका संस्थापक संयोजक एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले देशभित्रका ऐतिहासिक शक्ति, धार्मिक शक्ति, परम्परागत शक्ति र राजनीतिक शक्तिहरुको मेलमिलाप आजको आवश्यकता भएको विचार व्यक्त गरे ।

यस्तै, नेपाली काङ्ग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराइले अहिले राष्ट्रियता कमजोर बन्दै गएको अवस्थामा राष्ट्रिय मेलमिलापको खाँचो टड्कारो रहेको बताउँदै राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सबै राष्ट्रवादी एक हुनुपर्नेमा जोड दिए ।