कांग्रेस भन्छ- ‘नाम लुम्बिनी, राजधानी रुपन्देही नै’

कांग्रेस भन्छ- ‘नाम लुम्बिनी, राजधानी रुपन्देही नै’


प्रदेश नम्बर ५ का सभामुख पुर्णबहादुर घर्तीले प्रदेश ५ को राजधानी अन्य प्रदेशको भन्दा नमुना बनाइने तर त्यो काम हतारमा नहुने बताएका छन् । प्रदेशको राजधानी कहाँ भन्दापनि कस्तो बनाउने भन्ने विषयमा गम्भिरतापूर्वक सोच्न आवश्यक रहेको उनको जिकीर छ ।

राजधानीको विषयमा दीर्घकालिन सोचको साथमा अघि बढ्न र दलीय स्वार्थभन्दा माथि उठ्न उनले प्रदेश सांसदहरुलाइ आग्रह समेत गरेका छन् ।

सरकारले जग्गा किनेर राजधानी बनाउन नसक्ने भन्दै उनले खाली रहेको सरकारी जग्गामा सरकारले राजधानी बनाउनुपर्ने तर्क गरे ।

प्रदेश ५ बुटवलमा आयोजित एक साक्षात्कारमा उनले राजधानी जहाँ भएपनि सय वषसम्मका पूस्ताको लागि पनि अनुकुल हुने खालको बनाउनुपर्ने बताए । सिंगो नयाँ सहर नै बनाउने गरी राजधानी निर्माण गर्न सकिने उनको भनाइ छ ।

राजधनीको विषयमा भौगोलीक विकटता पनि महत्वपूर्ण रहेको भन्दै उनले कसैको घर, जग्गा, घडेरी कहाँ छ भनेर त्यहाँ राजधानी बन्नुपर्छ भन्ने तर्क गलत रहेको तर्क गरे ।

विगतको अवस्था र अहिलेको अवस्था धेरै परिर्वतन आएको र अभावको विचमा प्रदेश सरकारले काम गरेको भन्दै उनले अहिले पनि सोही प्रकृतिले काम गरेको बताए । अहिलेको कामले कुनै पनि दलले चित्त दुखाउनु पर्ने अवस्था छैन, संघीयता कार्यान्वयनमा केही जटिलता रहेकाले पनि जनतामा संघीयता कार्यान्वयनमा केही समस्या आएको घर्तीको भनाई छ ।

संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसका दलका नेता बलदेव शर्मा पोखरेलले प्रदेशको नाम लुम्बिनी र प्रदेश अहिलेकै ठााउँमा उपयुक्त हुने बताउँदै अहिले राजधानी लगायतको विषयमा बेकारको खिचडी पाकिरहेको तर्क गरे ।

संघीय समाजवादी फोरमका नेता तथा प्रमुख सचेतक सन्तोष पाण्डेले राजधानीको विषयमा सांसदहरु चुकेको बताए । रुपन्देहीमा भन्सार, बिमानस्थल, सडक, पूर्वाधारहरु, अस्पताल सबै भएको कारण राजधानीका लागि रुपन्देही तयार रहेको उल्लेख गरे । रुपन्देही बाहेकको विकल्प नरहेकोले भगवान गौतमबुद्धको नाममा लुम्बिनी प्रदेश, रुपन्देही राजधानी राख्नुपर्ने , अन्यथा आन्दोलन थालिने उनले चेतावनी दिए । साक्षात्कार कार्यक्रम रिपोर्टस क्लव प्रदेश नम्बर ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र प्रदेश सदस्य कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।