कांग्रेस संसदीय दलको कार्यसमिति सदस्यमा चार मनोनीत

कांग्रेस संसदीय दलको कार्यसमिति सदस्यमा चार मनोनीत


नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा. डिला संग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गरेका हुन् ।