रेशम चौधरीले आज शपथ लिँदै

रेशम चौधरीले आज शपथ लिँदै


गत वर्ष कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित रेशम चौधरीले आज शपथ दिने भएका छन् । चौधरीलाई सभामुख कृष्णबहादुर महराले शपथ गराउने तयारी छ ।

उनलाई आज बिहान बिहान साढे ११ बजेका लागि सभामुखको कार्यकक्ष सिंहदरबारमा शपथग्रहणका लागि समय तोकिएकोमा दिउँसो तीन बजेका लागि सरिएको हो ।

चौधरीमाथि ०७२ सालको भदौ ७ गते कैलालीको टीकापुरमा सात प्रहरीसहित एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डको मुख्य योजनाकार रहेको आरोप लागेपछि उनी फरार रहेका थिए । भूमिगत अवस्थामै चौधरी कैलाली १ बाट ३४ हजार ३४१ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।