गणकहरूसँग राजाले भने मेरो जात नेपाली हो

गणकहरूसँग राजाले भने मेरो जात नेपाली हो


जनगणनाका लागि निर्मलनिवास पुगेका गणकहरूलाई पूर्वराजा ज्ञानेन्द्रले आफू कुन जातको हो भन्ने थाहा नपाएको भनी चकित पारिदिनुभयो, तर उहा“ले गम्भीर मुद्रामा भन्नुभयो, ‘मलाई म नेपाली हु“ भन्ने मात्रै थाहा छ ।’ प्राप्त जानकारीअनुसार गत असार ६ गते सोमबार गणकहरू महाराजगञ्जस्थित निर्मलनिवास पुगेका थिए । पहिल्यै समय लिएर त्यहा“ पुगेका गणकहरूलाई पूर्वराजा ज्ञानेन्द्र आफैंले प्रश्नका जवाफ दिनुभएको थियो । निवास पुगेका गणकहरूलाई बस्ने आग्रह गर्दै राजाले प्रश्न सोध्नुअघि के छ भन्नुस् भनेपछि उनीहरूले प्रश्नको थालनी गरेका थिए । प्रश्नावली सोध्नेक्रममा गणकले शिक्षा के-कति हो भनी जिज्ञाशा राख्दा पूर्वराजाले ‘मैले खासै पढेको छैन’ भन्ने जवाफ दिएपछि गणकहरूले ‘सरकार, हामीलाई सरकारको बारेमा थाहा छ, तर गणना हुने व्यक्ति स्वयम्ले यहा“ आफ्नोबारेमा बताउनुपर्ने भएकोले हामीले भर्न मिल्दैन, सरकारले नै बताउनुपर्ने हुन्छ’ भनेपछि ‘ए हो’ भनेर हा“स्दै जवाफ दिनुभएको थियो । यसअघि गणकले ‘जात के हो -‘ भनेर सोध्दा ‘खै थाहा भएन म त नेपाली हु“’ भनी जवाफ दिएपछि गणकले नै क्षेत्री, ठकुरीमा चिह्न लगाइदिएका थिए ।
गणकले श्रीमतीको नाम सोध्दा पूर्वराजाले ‘कोमल हो’ भन्ने जवाफ दिनुभएको थियो । छोरी प्रेरणा र छोरा पारस, बुहारी हिमानी, नातिनातिना, विवाह, धर्मजस्ता सबै प्रश्नको जवाफ दिएपछि गणकहरू हि“ड्ने बेलामा पूर्वराजाले ‘सबैलाई खुसी पार्न खोजिएको त छ तर कसरी सकिएला र – राष्ट्रलाई नभइनहुने कुरा मात्रै राखिएको भए उचित हुन्थ्यो’ भन्नुभएको थियो । जनगणना जात, जाति, धर्म, समुदायभन्दा पनि राष्ट्रिय अवधारणाबाट हुनुपर्छ भन्ने धारणा पूर्वराजाको थियो भन्ने कुरा उहा“को भनाइबाट प्रस्ट भएको थियो । यसपल्टको जनगणनामा जातजाति, भाषाभाषीलगायतका प्रश्न धेरै छन्, जुन प्रश्न भारत या अन्य मुलुकको जनगणनामा राखिएको पाइ“दैन । नेपालको जस्तै विभिन्न जातजाति, भाषाभाषी भएको भारतमा गत फेब्रुवरीमा भएको जनगणनामा सेड्युल कास्ट -दलित) का बारेमा मात्रै एउटा प्रश्न थियो, जातजातिका बारेमा थिएन । प्राप्त जानकारीअनुसार पूर्वराजा ज्ञानेन्द्रले जीवनमा पहिलोपल्ट जनगणनामा भाग लिनुभएको हो ।

गिरिजाप्रसादको रेकर्ड तोडे प्रचण्डले
कुनै समय नातावादी नेताका रूपमा गिरिजाप्रसाद कोइरालाले कायम गर्नुभएको रेकर्ड माओवादी अध्यक्ष प्रचण्डले तोड्नुभएको चर्चा माओवादीभित्र चल्न थालेको छ । आफ्ना बहिनीज्वाइ“ -जसलाई कफी र कफीको विकासबारे सामान्य जानकारीसमेत छैन) लाई कफी विकास बोर्डको अध्यक्ष बनाइएपछि प्रचण्डको नातामोहबारे पार्टीमा गम्भीर ढङ्गले चर्चा सुरु हुन थालेको हो । प्रचण्डले बहिनीज्वाइ“ रमण पाठकलाई कफी विकास बोर्डको अध्यक्ष बनाइदिनुभएको छ, जसको युद्धकालमा पार्टीलाई कुनै प्रकारको सहयोग नरहेको बताइन्छ । तर, युद्धकालमा पार्टीलाई सहयोग नगरेका र कुनै पनि जोखिमयुक्त काम नगरी सुरक्षित निजी जीवन बा“चेका नातेदार या पारिवारिक सदस्यहरूमध्ये प्रचण्डबाट पुरस्कृत रमण पाठक पहिलो व्यक्ति भने होइनन् । यसअघि छोरी रेणु दाहाल -पाठक) सभासद् बनाइएकी छिन् । युद्धकालमा भारतको पञ्जावमा घर भएका टीबी पाठकका छोरा अर्जुन पाठकस“ग विवाह गरी रेणु गृहिणीका रूपमा सुरक्षित र शान्त जीवन निर्वाह गर्दै थिइन् । अहिले प्रचण्डले रेणुलाई सभासद् र ज्वाइ“ अर्जुन पाठकलाई माओवादी संसदीय दल कार्यालयको खजाञ्ची बनाइदिएका छन् । त्यस्तै, युद्धकालभरि भारतमा शान्त र सुरक्षित जीवन बिताउने छोरा प्रकाशलाई प्रचण्डले जिल्ला समितिभन्दा माथिल्ला तहको राज्य समिति सदस्य बनाएका छन् । प्रकाशलाई पार्टीमा शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ । जेठी छोरी ज्ञानु दाहालका पति सागर केसीलाई पनि गणतान्त्रिक मञ्चमा सामेल गरी राज्य समिति सदस्य बनाइएको छ । निजको युद्धकालमा कुनै प्रकारको योगदान नरहेको बताइन्छ । कान्छी छोरी गंगा दाहाल जो भारतको सिलिगुडीमा नारायण प्रधानस“ग विवाह गरी घरजम गरी बसेकी थिइन् उनलाई शान्तिप्रक्रियामा आएपछि नेपाल बोलाएर राज्य समितिको सदस्य बनाइएको छ । गंगाको नेपाल आगमनलाई माओवादीभित्र सुजाता कोइरालाको आगमनस“ग तुलना गरेर हेर्ने गरिन्छ र खिल्ली उडाइन्छ । भनिन्छ गंगाले आफ्ना पति नारायण प्रधानस“ग सम्बन्धविच्छेद गरिसकेकी छिन् । उनी आफ्ना पिता प्रचण्डस“ग हि“ड्ने गरि्छन् र पार्टीमा शक्तिशाली महिलाका रूपमा चिनिन्छिन् । गंगाले पनि युद्धकालमा आफूलाई सुरक्षित राख्नेबाहेक अन्य कुनै काम गरेकी थिइनन् ।
त्यस्तै, प्रचण्डकी श्रीमतीको बाहेक अन्य कुनै पार्टी भूमिका निर्वाह नगर्ने सीता दाहाललाई पार्टीको सल्लाहकार बनाइएको छ । माओवादीमा प्रचण्डको चकचकी अलिक बढी नै भएका बेला सल्लाहकार बनाइएकी सीता पछिल्लो समयमा प्रचण्डमाथि निकै हावी भएकी छिन् । उनको आफ्नै लगानी रहेको टेलिभिजन एबीसीमा सीताको जीवनी धाराबाहिक रूपमा प्रस्तुत भइरहेको छ र त्यसमा उनले प्रचण्डलाई प्रचण्ड बनाउनुको श्रेय आफूले लिन खोजेको महसुस दर्शकहरूले गरेका छन् । जे होस्, अहिले सीता दाहाल पनि बलवान् व्यक्तिका रूपमा पार्टीभित्र स्थापित छिन् । युद्धकालमा सबैजसो समय उनले भारतमा बिताएकी थिइन् । भारतमा बसेर आफूलाई सुरक्षित राख्ने भाइ नारायण दाहाललाई प्रचण्डले पार्टीको केन्द्रीय सदस्य र सभासद् बनाइदिएका छन् । नारायण नेवाः राज्य समितिका सचिवसमेत छन् । नारायण दाहालका छोरा समीर दाहाललाई प्रचण्डले स्वकीय सचिव बनाएका छन् । युद्धकालमा कुखुराको अण्डा व्यापार गरेर बसेका समीरलाई राज्य समितिको सदस्य बनाइएको छ र उनलाई पनि शक्तिशाली व्यक्तिका रूपमा पार्टीभित्र लिइन्छ । समीर दाहालकी पत्नी कल्पना विसुराललाई राज्य समिति सदस्य बनाइएको छ र रेडियो नेपालबाट सञ्चालित कार्यक्रम घटना र विचार सञ्चालनको जिम्मेवारी दिइएको छ । नारायण दाहालका भाइ रमण दाहाललाई राज्य समिति सदस्यको जिम्मेवारी दि“दै गणतान्त्रिक मञ्चमा क्रियाशील तुल्याइएको छ । युद्धकालमा रमण दाहाल पनि आफ्नै घरधन्दामा व्यस्त भई जीवन निर्वाह गर्दै थिए । जोखिमपूर्ण युद्धमा आफ्नो ज्यानको पर्वाह नगरी हि“ड्ने हजारौं कार्यकर्ता हु“दाहु“दै प्रचण्डले आफ्नै नातेदार र पारिवारिक सदस्यहरूलाई मात्र मौका दिएपछि प्रचण्डलाई आफ्नै पार्टीभित्र गिरिजाप्रसाद कोइरालाको नया“ अवतारका रूपमा समेत लिन थालिएको छ ।

अध्यक्षको रूप देखेर उपाध्यक्षहरू चकित
माओवादी अध्यक्ष प्रचण्डको वास्तविक रूप चिन्न नसकेर माओवादीकै नेताहरू हैरान भएका छन् । गत १० गते निर्धारित केन्द्रीय समितिको बैठक हुन नसकेपछि पार्टी-कार्यालय पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको थियो । अध्यक्ष प्रचण्ड, उपाध्यक्षहरू मोहन वैद्य किरण, डा. बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठ तथा महासचिव रामबहादुर थापा र सचिव सीपी गजुरेल सहभागी रहनुभएको बैठकमा प्रचण्डले ‘अब प्रधानमन्त्रीचाहि“ डा. बाबुराम भट्टर्राईजीलाई बनाउनुपर्‍यो’ भन्नुभयो । त्यसरी प्रचण्डले बाबुरामको नाम ‘प्रस्ताव’ गरेपछि त्यसको र्समर्थन गर्दै मोहन वैद्यले ‘अब बाबुरामजीलाई नै सरकारको नेतृत्व दिनुपर्ने’ बताउनुभयो । प्रचण्डको प्रस्तावमा रामबहादुर थापा ‘बादल’बाहेक सबैले सहमति जनाउनुभयो । बादलचाहि“ पक्ष या विपक्षमा केही पनि बोल्नुभएन, मौन रहनुभयो । उहा“को मौनताको पनि खास अर्थ रहेको सहभागीहरूले ठाने । प्रधानमन्त्रीका रूपमा प्रचण्डले आफ्नै नाम प्रस्ताव गर्ने आशा सम्भवतः बादलले राख्नुभएको थियो, तर प्रचण्डले सीधै बाबुरामको नाम ‘प्रस्ताव’ गरेपछि बादल छक्क पर्नुभयो र केही पनि बोल्न सक्नुभएन । केहीबेरको छलफलपश्चात् कुनै ठोस निष्कर्षबिना बैठक सकियो ।
भोलिपल्ट नया“बजारस्थित प्रचण्डनिवासका अध्यक्ष प्रचण्ड स्वयम्, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच एक विशेष भेटवार्ता भयो । उक्त भेटमा वैद्यले प्रचण्डलाई अघिल्लो दिनको कुरा स्मरण गराउ“दै ‘हिजो तपाईंले बाबुरामजीलाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभयो, यदि तपाईंले सा“च्चै भन्नुभएको हो भने त्यहीअनुसारको रणनीति पनि बनाउनुपर्‍यो’ भन्नुभयो । वैद्यको कुरामा तत्काल कडा प्रतिक्रिया जनाउ“दै प्रचण्डले ‘कहा“ बाबुरामलाई प्रधानमन्त्री बनाउनु – विदेशी दलाल भन्ने जान्दाजान्दै पनि प्रधानमन्त्री बनाइनु ठूलो गल्ती हुनसक्छ, हिजो त मैले त्यत्तिकै गफ गरेको’ भन्ने जवाफ फर्काउनुभयो । त्यसपछि तीन नेताहरूबीच पार्टीको आन्तरिक विवादको व्यवस्थापन गर्ने विषयमा केन्द्रित रही केही कुराकानी भए, तर संवादले कुनै सकारात्मक परिणाम निकाल्न सकेन । लडाकु र हतियार व्यवस्थापनकै विषयमा कुरा नमिलेपछि बैठक बिनाउपलब्धि टुङ्गिएको थियो ।
प्रचण्डले बाबुरामलाई प्रधानमन्त्री बनाउन नचाहेको जानकारी नेता वैद्यले बाबुराम भट्टर्राईलाई गराइसक्नुभएको बताइन्छ । प्रचण्डको सक्कली रूप नै नक्कली भएको ठान्दै वैद्य र बाबुरामलगायतका नेताहरू यसपटक प्रचण्डलाई तह लगाउन दृढतापूर्वक सक्रिय भएका छन् । प्रचण्डको यस्तै व्यवहारका कारण पार्टीभित्र र बाहिर उहा“को विश्वसनीयतामा भारी ह्रास हु“दै गएको छ ।

देउवाद्वारा सम्पूर्ण बैठक बहिष्कार †
नेपाली काङ्गे्रसमा वरिष्ठ नेताको दर्जा प्राप्त शेरबहादुर देउवाले काङ्गे्रस संसदीय दलको कुनै पनि बैठकमा भाग नलिएर नया“ कीर्तिमान कायम गर्नुभएको छ । देउवाले दुई वर्षयता भएका दर्जनौ“ बैठकमा कहिल्यै पनि उपस्थिति जनाउनुभएको छैन । काङ्गे्रस नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतृत्व सम्हाल्नुभएको गत शनिबार दुई वर्ष पुगेको छ, तर यस अवधिमा भएका छब्बीस बैठकमा देउवाले कहिल्यै सहभागिता जनाउनुभएन । २०६६ साल असारको पहिलो सातामा सम्पन्न निर्वाचनमा देउवालाई भारी मतले पराजित गर्दै पौडेल संसदीय दलको नेता चुनिनुभएको थियो । त्यसयताका दुई वर्षभित्र काङ्गे्रस संसदीय दलको छब्बीसवटा बैठक बसेको दलको माइन्युटमा अङ्कित छ । दुई वर्षपछि गत शनिबार भएको संसदीय दलको बैठकमा पनि देउवा देखिनुभएन । कुनै पनि बैठकमा देउवा नदेखिएपछि सभासद्हरूले गत शनिबारको बैठकमा उहा“को खोजी गरेका थिए । सभासद् नरहरि आचार्यले चाहि“ देउवाजीलाई बैठकबारे खबर नभएको हो या उहा“ नआउनुभएको हो भनी जिज्ञाशा राख्नुभएको थियो । तर, यसबारेमा सहभागी नेताहरूले कुनै जवाफ दिन सकेनन् । देउवाको निरन्तर अनुपस्थितिलाई लिएर सभासद्हरूले बैठकमा उहा“को आलोचना गरेका थिए । काङ्गे्रस संसदीय दलको २०६६ सालमा जम्मा १२ वटा बैठक भएका थिए भने २०६७ सालमा नौवटा र यो वर्षको पहिलो साढे दुई महिनाभित्र पा“चवटा बैठक भएका छन् । कुनै पनि बैठकमा देउवाले पाइलासम्म नटेक्नुलाई आर्श्चर्यजनक एवम् दुःखद् मानिएको छ । आफूलाई सबैले मान्नुपर्ने तर आफूले चाहि“ अरू कसैलाई पनि नमान्ने संस्कारलाई सामन्ती र अधिनायकवादी संस्कार भनिन्छ । २०५१ सालपछि देउवामा आएको परिवर्तनले उहा“लाई जनस्तरबाट निकै टाढा पुर्‍याएको छ । एउटा प्रजातान्त्रिक विधिबाट चयन भएका व्यक्तिलाई नेताका रूपमा स्वीकार गर्न दर्शाएको कञ्जुस्याइ“ले वास्तवमा देउवाको प्रजातान्त्रिक चरित्र र प्रजातान्त्रिक विधिप्रतिको निष्ठामा गम्भीर ढङ्गले प्रश्न उठाएको छ । आज पौडेललाई अस्वीकार गर्दै बैठक निरन्तर बहिष्कार गरिरहने देउवाले भोलि अरू कुनै पनि नया“ नेतालाई स्वीकार गर्ने र प्रजातान्त्रिक विधिसम्मत प्रक्रियाको सम्मान गर्ने विश्वास गर्न सकि“दैन । आफू भए ठीक अरू जो भए पनि बेठीक ठान्ने प्रवृत्तिलाई अप्रजातान्त्रिक र अधिनायकवादी ठानिन्छ ।
यसरी दुई वर्षदेखि संसदीय दलको बैठकमा उपस्थित नजनाएर दलका नेता रामचन्द्र पौडेललाई अस्वीकार र अपमान गर्ने देउवा अहिले उक्त जिम्मेवारी हत्याउने गृहकार्यमा जुट्नुभएको छ । देउवाको यस्तो अभियानमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रचण्ड र झलनाथले पनि सहयोग गर्ने वचन दिएको जानकारी आएको छ । आफ्नै पार्टीका अर्का नेतालाई निषेध गर्ने देउवा स्वयम् कदाचित् संसदीय दलको नेता भइहाल्नुभएछ भने पनि अरूहरूको सहयोग प्राप्त गर्न कसरी सक्नुहोला, प्रश्न उठेको छ । तर ज्ञातव्य छ, अहिलेसम्म देउवा संसदीय दलको नेता हुनसक्ने कुनै सम्भावना देखिएको छैन ।

शिवपुरी छेउमा जासूस
नेपालमा चिनिया“ चासो बढ्दै गएपछि चीनले ‘हाइ प्रोफाइलवाला’ राजदूत मात्र काठमाडौंमा खटाउने नगरी यहा“ जासुसी गतिविधिलाई समेत तीव्रता दिन थालेको जानकारी प्राप्त भएको छ । चीनले विभिन्न आवरणमा राजधानी काठमाडौं, तर्राई र विभिन्न शहरी इलाकामा ठूलो मात्रामा जासुसहरु परिचालन गरेको बुझिएको छ । चीनले कन्फ्यूसियस सेन्टर र अध्ययन केन्द्रका नाममा जासुसी गतिविधि बढाएको र केहीलाई पत्रकारको आवरणमा राखेर पनि जासुसी गराइरहेको देखिएको छ । पत्रकारको आवरणमा गुप्तचरीमा क्रियाशिल चाङ सोङ नामक व्यक्ति गुप्तचरहरुमध्ये सबभन्दा सक्रिय र शक्तिशाली भएको बताइन्छ । चाङ्ग संघाइबाट प्रकाशित वेन हर्ुइ नामक स्थानीय सन्ध्याकालीन दैनिक पत्रिकाको प्रतिनिधिका रुपमा काठमाडौं बसेका छन् र उनको नेपाल बसाइले ६ वर्ष काटिसकेको छ । चिनिया“ राजदूतलाई समेत थर्काउने सामर्थ्य राख्ने चाङ्गले महाराजगञ्जस्थित शिवपुरी स्कुलनजिकै मासिक पचपन्न हजारमा सिङ्गै घर भाडामा लिएर बसेका छन्, जहा“ माओवादी र एमालेका नेता तथा केही पत्रकारहरु निरन्तर पुग्ने गर्दछन् । चाङ्गले केही नेता र पत्रकारहरुलाई नियमित तलवमा राखेर काम लिने गरेको बताइन्छ । उनको निवासस्थानमा एक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक र एमालेका कार्की थरका एक नेता सबैभन्दा बढी धाउनेमा पर्दछन् । कुनै समय कृष्णबहादुर महरा, वर्षमान पुन, मातृका यादवलगायतका नेताहरुको आवतजावत त्यहा“ अलिक बढी नै हुने गर्दथ्यो । चाङ्गले नेता र पत्रकारलाई चीन भ्रमणको बन्दोवस्तसमेत मिलाउने गरेका छन् । वर्षमान पुन र मातृका यादवहरुले पनि एकपटक उनकै तत्वावधानमा चीन भ्रमण गरेका थिए ।

ज्ञवाली बदलिएपछि…
नेकपा एमालेभित्र भद्र र शालीन मानिने नेता प्रदीप ज्ञवालीको हैसियतलाई लिएर उक्त पार्टीभित्र विभिन्न टीका-टिप्पणी सुरु भएका छन् । पार्टीको पोलिटब्युरो सदस्य, प्रचार विभाग प्रमुख र पूर्वपर्यटनमन्त्रीको परिचय बनाएका ज्ञवाली आर्थिक रूपमा अत्यन्त साधारण पारिवारिक पृष्ठभूमिका भए पनि उनी ह्यातजस्तो मह“गो होटलको हेल्थ क्लबमा सदस्य बनेको विषय अहिले एमालेभित्र चर्चाको विषय बनेको छ । उनले पाएको सुरक्षागार्ड र सरकारी गाडीको सुविधाका विषयलाई पनि एमाले पङ्क्तिभित्र सहज रूपमा लिइएको छैन । केपी ओलीको विशेष सहयोगमा राजनीतिक उचाइ प्राप्त गरेका ज्ञवालीले झलनाथलाई प्रधानमन्त्री बनाउन र टिकाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोले उनलाई गाडी र गार्डको सुविधा दिइएको अनुमान कतिपयले गरेका छन् । नेता ओलीस“ग निकट भनिए तापनि व्यवहारमा भने ज्ञवालीले झलनाथ-प्रचण्डको रणनीतिक योजनालाई सहयोग पुर्‍याउने गर्नुभएको छ । छिमेकी मित्रराष्ट्रको दूतावासद्वारा आयोजित कुनै पनि कार्यक्रममा नछुट्ने ज्ञवालीको क्रियाकलाप पछिल्लो समयमा अत्यन्त सन्देहास्पद रहने गरेको बताउन थालिएको छ ।

सुरु भयो सभासद् खरिद अभियान
विक्रम सम्वत् २०५३ मा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाले सुरु गरेको सांसद खरिद प्रक्रिया अहिले चौध वर्षपछि माओवादी अध्यक्ष प्रचण्डले दोहोर्‍याएका छन् । आफ्नाविरुद्ध वैद्य र बाबुराम र्समर्थक एक सय उनान्साठी सभासद्ले दस्तखत गरेको निवेदन पार्टी केन्द्रीय कार्यालयमा परेपछि प्रचण्ड सभासद् खरिद अभियानमा सक्रिय भएको बताइन्छ । सभासद्हरूलाई एक/एक गरी भेट्ने, उनीहरूलाई नगद र पद जे चाहिन्छ त्यही दिने प्रचण्डको भावनाअनुरूप वर्षमान पुन अनन्त, शक्ति बस्नेत, हरिबोल गजुरेल र पोष्टबहादुर बोगटीलाई सक्रिय तुल्याइएको छ । उनीहरू चार भाइले पद या पैसाको प्रलोभन दिने, त्यतिले नभए सोझै प्रचण्डलाई भेटाएर कुराकानी गरी मिलाइदिनेसम्मका काम गर्ने गरेका छन् । तीन दिनभित्र झन्डै दुई दर्जन सभासद्लाई चार भाइले सर्म्पर्क गरी कुराकानी गरेको सम्बद्ध सूत्रले जनाएको छ । यसरी प्रचण्डले सभासद् खरिद अभियान सुरु गरेपछि तीन सभासद्ले विज्ञप्ति जारी गरी असन्तुष्टि प्रकट गरेका छन् । वैद्य-बाबुराम पक्षका एक सय उनान्साठी सभासद्मध्ये सभासद् अमर तमु, उमा कपाली र विमला सुवेदी तीनजनालाई आफ्ना पक्षमा ल्याउने सफलता प्रचण्डलाई मिलेको छ । उनीहरूले जारी गरेको विज्ञप्तिमा अर्कै प्रयोजनका लागि गरिएको दस्तखतलाई दुरुपयोग गरेको आरोप लगाएका छन् । तीनमध्ये नुवाकोटकी विमला सुवेदी पालुङटार बैठकमा किरणको विचार समूहमा सर्वाधिक सक्रिय थिइन् । विमलालाई पोष्टबहादुर बोगटीमार्फत ‘डिल’ गरिएको र उनलाई राज्यमन्त्री बनाउने बचन दिएको बुझिएको छ । प्रचण्डले यसरी सभासद् खरिद प्रक्रिया सुरु गरेपछि वैद्य-बाबुराम कित्तामा पार्टी एकता र शुद्धतालाई लिएर चिन्ता थपिएको छ । पार्टीलाई सुदृढ र शुद्ध तुल्याउने अभियानमा प्रचण्डलाई समेत सामेल गराउन थालिएको प्रयास निर्रथक रहने र प्रचण्डले बेग्लै पार्टी बनाएर अलग्गिने हुन् कि भन्ने कुराले दुई नेता चिन्तित भएको बताइन्छ । प्रचण्ड यसअघि पनि गृहमन्त्री एवम् विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, वर्षमान पुन, पोष्टबहादुर बोगटी, हरिबोल गजुरेल र अग्नि सापकोटालगायत अन्य दलका सभासद्हरू खरिद गरी प्रधानमन्त्री बन्ने कसरतमा लाग्नुभएको थियो । उहा“ले यसका लागि पैसाको जोहो गर्न महरालाई जिम्मेवारी दिनुभएको थियो । महराले पैसाको आवश्यक जोहो गर्न चिनिया“ व्यापारीस“ग पचास करोड माग गर्नुभएको थियो ।

यिनले दिए प्रचण्डलाई चुनौती
माओवादीका एक सय उनान्साठी सभासद्हरूले हस्ताक्षर गरी प्रचण्डलाई चुनौती दिएका छन् । यो हस्ताक्षर प्रकरणस“गै प्रचण्ड पार्टीमा अल्पमतमा पर्नुभएको छ । नेता वैद्य र भट्टर्राई र्समर्थक सभासद्हरूले प्रचण्डलाई सुध्रन मौका दिने सोचले यसप्रकारको हस्ताक्षरसहितको निवेदन पार्टीमा बुझाएको बताएका छन् । हस्ताक्षर गर्नेहरूमा वैद्यनिकट सभासद् सीपी गजुरेल, देव गुरुङ, खड्ग विश्वकर्मा, नारायणप्रसाद शर्मा पौडेल, तेजबहादुर मिजार, शिवराम यादव, पहु थारू, लक्ष्मणदत्त जोशी, भगतबहादुर बडुवाल, रूपा विक, लीला सोम, नरेशराज भण्डारी, कर्णजित बुढाथोकी, पार्वती थापा, नवराज धामी, शरदसिंह भण्डारी, सरला रेग्मी, जयपुरी घर्तीमगर, रामबहादुर थापामगर, बुद्धिमान गुरुङ, कृष्णबहादुर गुरुङ, सावित्रीकुमार काफ्ले, परशुराम रम्तेल, गामबहादुर श्रीसागर, नारायणप्रसाद अधिकारी, कमल क्षेत्री, राजकाजी महर्जन, रेणुका चौलागाईं, मंगल विक, सावित्री गुरुङ दुरा, सुरेश आलेमगर, हितमान शाक्य, पम्फा भुसाल, खुमा सुवेदी, र्फमुद नदाफ, माया चेपाङ, लक्ष्मीकुमारी चौधरी, रूपा चौधरी, अशोककुमार रोकाया, शिवराज गौतम, खुसीराम पाख्रिन, दीपक केसी, श्रीमार ढकाल, तिलक परियार, महेन्द्र पासवान, मायाप्रसाद शर्मा, पदमबहादुर र्राई, उमा भुजेल, अमृता थापा, यशोदा गुरुङ सुवेदी, इन्द्रजित थारू, जोखबहादुर महारा, तारा घर्तीमगर, एकराज भण्डारी, सन्तोष विक, भरतकुमारी रेग्मीर्,र् इश्वरीप्रसाद दाहाल, दिलबहादुर घिसिङ, सर्ुदर्शन कन्दवा, विष्णुकुमारी र्राई, शंकरबहादुर खड्का, धीरेन्द्रकुमारी उपाध्याय, डबलबहादुर शाह, किरणकुमार राय, सन्तोषकुमार बुढामगर, ध्रुव आङदाङ्म्बे, दामा शर्मा, कुमारी मोक्तान, नन्दकुमार प्रर्साईं, गोमा पाठक, वीरेन्द्र जुहारचन, वीरमान चौधरी, मणि खम्बू किराती, विमला सुवेदी, अम्बर तमु, दावा तामाङ, अमिक शेरचन, देव गुरुङ, संघप्रसाद थारू, नगेन्द्र धिमाल, लालबहादुर सुस्लिङ मगर, विमला मिजार, इन्द्रावती अधिकारी दनुवार, निमा लामा, दर्ुर्गेदेवी पासवान, हिमकुमारी सुनुवार, देवीलाल चौधरी, पुरण राणा थारू, अभिलाल झांग तथा भट्टर्राई पक्षबाट बाबुराम भट्टर्राई, टोपबहादुर रायमाझी, दीनानाथ शर्मा, खिमलाल देवकोटा, ज्ञानेन्द्र कुमाल, हिसिला यमी, कल्पना धमला, देवी खड्का, प्रेमबहादुर तामाङ, प्रभु शाह, बालकृष्ण ढुङ्गेल, भीमप्रसाद गौतम, शिवचन्द्र कुसवाहा, भरत शाह, सुनिताकुमारी महत्तो, सीतादेवी पौडेल, नीरकुमारी दर्लामी कु“वर, कल्पना सुवेदी, हेमराज भण्डारी, खेमबहादुर बम, लीला भण्डारी, कृष्णकुमार चौधरी, राजकुमार श्रेष्ठ, अक्कलबहादुर थिङ, वीरबहादुर तामाङ, भीमप्रसाद गौतम, इन्द्रजित र्राई, लक्ष्मी गुरुङ, शेरबहादुर पहरी, रामबहादुर थापामगर, घनश्याम यादव अहिर, चिनक कर्ुर्मी, उमा कार्की, उमा कपाली, सत्याला मलु, चन्द्रलाल मेचे, भीष्म धिमाल, शान्तिदेवी राजवंशी, लीलादेवी मेहता, कृष्णबहादुर गुरुङ, मोहमद सफिक मिया“, बाबुलाल पासवान, ज्वालाकुमारी शाह, शारदा घिमिरे, गुणखर बस्याल, केशव र्राई, विश्वदीप लिङ्देन, भिक्षु आनन्द, उमाकान्त शर्मा, ललिताकुमारी शाह, विनोद पहाडी, हेमबहादुर श्रेष्ठ, रामकुमार पासवान, बुधनीदेवी महतो, प्रमिला यादव, सिर्द्धार्थकुमार सोनामी, सूर्यबहादुर सेन, सविता बराल, दैया चौधरी, धर्मप्रसाद घिमिरे, सविना बराम, आङदावा शर्ेपा, प्रह्लाद लामिछाने, सञ्चलाल मादेन, हरिराम श्रीपाइली, हलिना खातुन सोखानी, चन्द्रादेवी र देवेन्द्रप्रसाद पटेलले हस्ताक्षर गरेका छन् ।

कस्मेटिकका काला व्यापारी प्रहरी फन्दामा
ब्राण्डेड कम्पनीको ट्रेडमार्कमा नक्कली सामान बिक्री गरी उपभोक्ता र उत्पादक कम्पनीहरूलाई ठगी गरेर रातारात कमाउन खोज्ने व्यापारीहरू हिजो मंगलबार रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ताम्रोकार सपिङ्ग सेन्टरमा कस्मेटीक पसल संचालन गर्ने सुभाष कटुवाल, सुरज आर्केडका कस्मेटीक गुड्स व्यापारी नन्दभाइ शाक्य, मखनटोलमा नारायणी इम्पेक्स संचालन गर्ने पिन्टु अग्रवाल र मखनटोलमै रहेको श्यामाश्याम व्यूटि सेलेक्सनका संचालक शिव मेहता रहेका छन् ।
उनीहरूले L Oreal कृषि कम्पनीबाट उत्पादित L Oreal ब्रान्ड, Lancome Parfums ET Beaut and cie कम्पनीबाट उत्पादित Lancome ब्रान्ड र Garninerकम्पनीबाट उत्पादित भएको भन्दै नक्कली कस्मेटीक सामान विक्री गर्दैआएका थिए ।
काठमाडौं उपत्यकाभित्रका विभिन्न पसलहरूमा आमउपभोक्तको हितविपरित बिक्री-बितरण गरी कम्पनीहरूलाई समेत नोक्सानी पुर्‍याएको भन्दै व्यापारीहरूले नै प्रहरीमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा काठमाडौं उपत्यकाभित्रका कस्मेटीक पसलहरूमा छापा मार्ने अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सद्भावनाका सभासद्माथि सङ्कट
आफ्नै दलका सभासदहरुलाई आर्थिक प्रलोभन दिएर पार्टी फुटाउने कसरत गरेको आरोपमा निलम्वनमा परेका सद्भावना पार्टीका तत्कालिन महासचिव अनिलकुमार झालाई निष्काशन गरिएको छ । पटक-पटक सफाइको मौका दि“दा पनि अटेर गरी उल्टै पार्टी विभाजनको प्रयासलाई निरन्तरता दिएकाले पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्नुपरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । हालै बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनमाथि छलफल गर्दा अनिलकुमारका गतिविधि पार्टीहित तथा प्रतिष्ठाविपरित भएको निष्कर्ष निकालिएको पनि अध्यक्ष महतोले बताए ।
दलको सदस्यता कायम नरहेकोले झाको संविधानसभाको सदस्य पद समेत नेपालको अन्तरिम संविधान २०६३ को धारा ६७ को खण्ड -घ)अनुसार कायम नरहेको सुचना संविधानसभालाई दिइने सो पार्टीका प्रवक्ता रामनरेश रायले जनाएका छन् ।

उवासङ्घ लमजुङमा प्रजातन्त्रवादी
लमजुङ उद्योग वाणिज्य सङ्घको २५औ“ अधिवेशनबाट जिल्ला अध्यक्षमा लोकतान्त्रिक पक्षधरका भेषबहादुर पौडेल निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्याशी वाम गठबन्धनका रामकुमार श्रेष्ठलाई पौडेलले ७९ मतको अन्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । महासङ्घ लमजुङ जिल्ला समितिको प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा वाम गठबन्धनका रामबाबु श्रेष्ठ र प्रेमलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । तृतीय उपाध्यक्ष र सबै सदस्य पदमाचाहि“ लोकतान्त्रिक पक्षधर उम्मेदवार निर्वाचित भएका छन् ।
प्रथम उपाध्यक्षमा वामपन्थी खेमाका रामबाबु श्रेष्ठले लोकतान्त्रिक खेमाका पूर्णलाल श्रेष्ठलाई ३ मत र द्वितीय उपाध्यक्षमा प्रेमलाल श्रेष्ठले मृगेन्द्र घिमिरेलाई मात्र एक मतअन्तरले पराजित गर्नुभएको थियो । यस्तै, तृतीय उपाध्यक्षमा ध्रुवदेव जोशी र अन्य सदस्यहरूमा गुणराज सिलवाल, विमल श्रेष्ठ, नाजुद्दिन मिया“, बबिता पिया र सकुन्तला गुरुङ निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष भेषबहादुर पौडेलले यो जित सबैको भएको भन्दै सबै पक्षलाई मिलाएर लैजानेसमेत प्रतिबद्धता जनाउनुभएको छ । हाइड्रोपावर, पर्यटन, कृषि जडीबुटी, चिया, कफी उत्पादनका साथै उद्योग प्रवर्द्धनका लागि काम गरेर सबैको मन जित्ने पौडेलले
प्रतिबद्धता जनाउनुभयो ।-छविलाल बगाले
आयु होइन किलोमिटर हेरियोस् ः ट्रक व्यवसायी
नेपालमा सञ्चालित ट्रक
-ट्याङकरमध्ये ७० प्रतिशतभन्दा बढी कामविहीन भएर बस्नुपरेको नेपाल ट्रक-ट्याङ्कर तथा परिवहन व्यवसायी महासङ्घका निर्वतमान अध्यक्ष माधव अधिकारीले बताएका छन् । महासङ्घद्वारा राजधानीमा आयोजित ‘ट्रक यातायात व्यवसाय ः समस्या र समाधानका उपाय’ नामक राष्ट्रिय गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘सरकारले देशको क्षमता नहेरी जथाभावी रूपमा सवारी साधन आयात गर्न दि“दा कामविहीन भएर बस्नु परेको हो,’ उनले भने ।
यातायात विकास र यसमा देखिएका समस्या समाधान गर्न सरकारले यातायात मात्र हेर्ने छुट्टै मन्त्रालयको स्थापना गर्नु महासङ्घका महासचिव राजेन्द्रकुमार श्रेष्ठले बताए । सरकारले ल्याउन लागेको यातायात नीतिमा २० वर्षभन्दा पुराना गाडीलाई चल्न नदिने भन्ने निर्णय गलत भएको निर्वतमान अध्यक्ष अधिकारीले बताए । ‘सरकारले गाडीको आयु वर्षमा भन्दा पनि किलोमिटरको आधारमा तोक्नुपर्छ,’ उनले भने ।’
सडक भारभन्दा बढी लोड बोक्ने गाडीलाई सरकारले अनुगमन गरी कारबाही गर्नुपर्ने व्यवसायीले बताएका छन् । भारतीय गाडी तथा गिट्टी, बालुवा, ढुङ्गा बोक्ने गाडीहरूले सडक क्षमताभन्दा बढी लोड बोक्ने गरेको र यसले सडक तथा पुल बिगारेको महासचिव श्रेष्ठले बताए । सवारीसाधन किन्दा लिएको ऋणमा बैंकहरूले सम्झौताविपरीत ब्याजदर बढाउ“दै गएमा त्यसविरुद्ध आन्दोलनमा उत्रने व्यवसायीहरूले बताएका छन् ।
सवारी क्षेत्रमा देखिएको पार्किङको समस्या समाधान गर्न सबैले सहयोग गर्नुपर्ने श्रम तथा यातायात व्यवस्थामन्त्री मोहम्द इस्तियाक र्राईले बताए । सवारी क्षेत्रको विकास गर्न आफू जस्तोसुकै कार्य गर्न पनि तयार भएको उनले जानकारी दिए । देशमा हुने दुर्घटनामध्ये ७० प्रतिशतभन्दा बढी चालकबाट हुने गरेको बिमा र्सर्वेयर सङ्घका अध्यक्ष सूर्यप्रसाद जोशीको भनाइ छ । ‘सरकारले राजमार्गमा खुलेआम मदिरा बेच्न रोक नलगाएसम्म दुर्घटना हुने क्रम रोकिने छैन,’ उनले भने ।
बिमाबिना व्यवसाय अघि बढ्न नसक्ने बिमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले बताए । बिमालाई सहज बनाउन निर्जीवन बिमा व्यवसाय गर्ने १७ वटा कम्पनीको छुट्टै बोर्ड गठन गर्नुपर्ने जानकारी दिए ।

महिलामाथि बढेछ ज्यादति
पछिल्लो ६ महिनामा यातनाको अनुपात ९० प्रतिशत बढेको एड्भोकेसी फोरम नेपालले गरेको एक अध्ययनले देखाएको छ । सन् २०१० को पहिलो ६ महिनामा हिरासतमा ७ प्रतिशत महिलाले मात्र यातना पाएका छन् । एड्भोकेसीका अनुसार सन् २०१० मा प्रहरी हिरासतमा भेटिएका दस महिलामध्ये औसतमा एकजनालाई यातना तथा दर्ुर्व्यवहार गरिएको छ । सन् २०१० मा एड्भोकेसी फोरमले तीन सय ४५ जना महिलालाई देशका विभिन्न हिरासतमा भेटेको थियो । एड्भोकेसीले २० वटा जिल्लाका ६७ वटा थुनास्थलको नियमित भ्रमण गर्दै आएको छ ।
काठमाडौं उपत्यकामा त महिलामाथि अझ बढी यातना दिइएको पाइएको छ । काठमाडौंका विभिन्न प्रहरी हिरासतमा २० प्रतिशत महिलाले यातना पाएको एड्भोकेसीको तथ्याङ्कले देखाएको छ । १० वर्षो आन्तरिक द्वन्द्वकालका क्रममा भएका यातनाको हाराहारीमा पुगेको देखिएको छ । दलित महिला र तर्राईका जनजाति महिला यातनाका मुख्य पीडित रहेको तथ्याङ्कले देखाएको छ । प्रहरी हिरासतमा धेरैजसो महिला थुनुवाले आफूलाई महिला प्रहरी अधिकारीले नै यातना दिने गरेको पीडितले बताएका छन् ।
प्रतिवेदन सार्वजनिक गर्दै एड्भोकेसी फोरमका अध्यक्ष मन्दिरा शर्माले प्रहरी हिरासतमा कतिपय महिलामाथि यौनजन्य हिंसासमेत हुने गरेको बताउनुभयो । कतिपय महिला भने यातनाका कारण मानसिक रोगी बनेको शर्माको कथन छ । नेपाल सरकारले यातनालाई फौजदारी कसुरको रूपमा स्थापित गर्नुका साथै यातना रोकथामका उपायलाई अवलम्बन गर्नुपर्ने उहा“ले बताउनुभयो ।
यातनाविरुद्धको महासन्धिलाई अनुमोदन गरेको दुई दशक बितिसक्दा पनि अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धताअनुसार नेपालले यातनाविरुद्धको महासन्धिलाई फौजदारी अपराधको रूपमा स्थापित गर्न सकेको छैन । सरकारले संसद्मा पेस गरेको अपराधसंहिताको मस्यौदाले यातनाको हकमा अधिकतम् पा“च वर्षसम्मको कैद सजायको व्यवस्था गरेको छ । तर, यातनाका विषयमा अहिलेसम्म विस्तृत कानुन बन्न सकेको छैन । हरेक वर्ष जुन २६ लाई अन्तर्राष्ट्रिय यातना पीडितका लागि अन्तर्राष्ट्रिय सहयोग दिवसको रूपमा मनाउने गरिन्छ । नेपाल सरकारले सन् १९९१ म्ाा यातनाविरुद्धको महासन्धिलाई अनुमोदन गरेको थियो । तर, यातनाविरुद्धको महासन्धि, राजनीतिक तथा नागरिक बडापत्रमा हस्तक्षर गरे पनि हिरासतमा रहेका नेपाली महिला बन्दीको अवस्था दयनीय रहेको विभिन्न अध्ययनहरूले बताएको छ ।

समयमै सचेत हुन प्राविधिकको सुझाव
परासी । नेपाल हितकारी बजेटअर्न्तर्गत भारत बिहार सि“चाइ विभागद्वारा नवलपरासीको त्रिवेणी क्षेत्रमा प्रारम्भ गण्डक नहर मर्मत र सडक निर्माण कार्यमा व्यापक अनियमितता बढेपछि जिल्ला प्रशासन कार्यालय र नेपाली प्राविधिक टोलीले निरीक्षण प्रारम्भ गरेका छन् । गण्डक अनुगमन समितिको विशेष पहलमा सहायक प्रमुख जिल्ला अधिकारी टेकनाथ ज्ञवाली, पश्चिमाञ्चल सि“चाइ कार्यालय सेमरीका डिभिजन प्रमुख मनोजकुमार यादव र अनुगमन समितिका पदाधिकारीको संयुक्त टोलीले निर्माणकार्यको अनुगमन निरीक्षण गरेका हुन् ।
भारत सरकारबाट नेपाल हितकारी बजेटअर्न्तर्गत एक अर्ब तीस करोड रुपैया“मा निर्माण हुने त्रिवेणी परसौनी गण्डक नहरमा सडक कालोपत्रे, गण्डक नगर जीर्णोद्धार, पुल निर्माण र पहाडीखोला सफाइलगायत निर्माणकार्य गर्ने कार्यमा व्यापक अनियमितता चुलिएपछि प्रशासनिक, प्राविधिक निकायबाट निरीक्षण कार्य भएको हो ।
स्थानीयस्तरबाट बनाइएको अनुगमन समिति गुणस्तरहीन कार्यको विरोध गर्दै पटकपटक निर्माणकार्य बन्द गरी प्रशासन र नेपाली प्राविधिक टोलीलाई जानकारी गराउ“दै आएको अनुगमन समितिका अध्यक्ष प्रकाश कु“वरले बताएका छन् । भारतीय पक्षबाट त्रिवेणीस्थित नारायणी नदीमा निर्माण भएको ‘टो बाल’ र ठठिया खोलामा पुल र प्रतापपुरमा पुल निर्माणकार्यमा अनियमितता भएको आरोपलाई निरीक्षण टोलीले स्थलगत निरीक्षण गरेको थियो । टोलीले सूर्यपूराको रतनपुरामा डुबान कटान समस्या र बैदौली गाविसमा रहेको पुलको अवस्थाबारे स्थानीयवासीस“ग जानकारी लिएको थियो ।
निरीक्षणपछि डिभिजन इन्जिनियर यादवले भारतीय ठेकेदार र प्राविधिकबाट भएको अनियमितताको प्रतिवेदन तयार पारी सम्बन्धित निकायमा बुझाउने बताउनुभयो । नेपाल भूमिमा भारतीय पक्षबाट गरिने मर्मत निर्माणकार्यबारे समयमै सचेत नभए नेपाली भूमिको रक्षा गर्न कठिन हुने विज्ञहरूले जनाएका छन् ।

ऋषिलाई हेटौंडावासीको सम्मान
पत्रकारिताको विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै रिपोरर््र्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई हेटौंडावासीले सम्मान गरेका छन् । गु्रप इन्टरनेसनल टुरिज्म फाउन्डेसनले हेटौंडामा आयोजना गरेको कार्यक्रममा जीआईटीएफ राष्ट्रिय सम्मानबाट उपराष्ट्रपति परमानन्द झाले धमलालाई सम्मानित गरेका हुन् । नेपालको पर्यटन प्रवर्द्धन, प्रेस स्वतन्त्रताको रक्षा, जनताको विचार निर्माणमा प्रतिकूल परिस्थितिमा समेत जोखिम मोलेर लागिपरेको भनी उनलाई सम्मानित गरिएको संस्थाका अध्यक्ष उद्धव अधिकारीले बताए ।

प्रमका सल्लाहकारको नजर बारा वनमा
‘क’ वर्गको कार्यालयलाई ‘ख’मा झारी डाक बढाबढमा जसले मोटो रकमको डाक लगाउ“छ त्यो कर्मचारीलाई बारा वनमा ल्याउने तयारीमा प्रधानमन्त्रीका सल्लाहकार नै लागिपरेको कुराले यतिबेला बारामा विशेष चर्चा पाएको छ । यसरी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कार्डको भिटो प्रयोग गर्दैै नाजायज लाभ उठाउन लागिपर्ने व्यक्ति हुन्- पुरुषोत्तम पौडेल ।
‘बाराको वन तस्करको धन’ भनेर प्रसिद्धि कमाएको यस क्षेत्रमा काठ तस्करको मिलेमतोमा रातारात लखपति बन्ने सपना देख्ने कर्मचारीको सपना साकार हुनेे कुरा राम्ररी बुझेका संविधानसभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ६ बाट पराजित पौडेलले प्रधानमन्त्री खनालको सल्लाहकार बनेपछि कार्यालयलाई नै डिमोसन गरी डाक बढाबढ गरेका हुन् ।
नेपालमा सीमित ‘क’ वर्गमा रहेको वनमध्येे बारा जिल्ला वन कार्यालयमा ‘क’ वर्गको सहसचिवस्तरीय जिल्ला वन अधिकृत रहनुपर्ने प्रावधान भएपछि सीमित ‘क’ वर्गका अधिकृतहरूस“ग डाक बढाबढ गर्न नमिल्ने भएकोले प्रधानमन्त्रीका सल्लाहकार पौडेलले पदको दुरुपयोग गर्दै वनलाई ‘ख’ वर्गमा झारेर ‘ख’ वर्गमा उपसचिवस्तरीय वन अधिकृत ल्याउन लागेका हुन् । उपसचिवस्तरका डीएफओ धेरै भएकोले रातारात मालामाल हुन चाहने डीएफओहरूमा डाक बढाबढ गरी जसले बढी रकम दिन सक्छन् उसैलाई उनले बारा जिल्लाको वन सुम्पन लागेका सम्बद्ध स्रोतको कथन छ ।
विशेष अवस्थाबाहेक सामान्यतया कर्मचारी दुई वर्षपछिमात्र एक ठाउ“बाट अर्को ठाउ“मा सरुवा ह“ुदै आएकोमा वनमन्त्री भानुभक्त जोशी र विभागले सात महिनामा नै सरुवा गर्न आनाकानी गरेपछि सल्लाहकार पौडेलले प्रत्यक्ष हस्तक्षेप गरी आफ्नो डीएफओ ल्याउन कृष्णराज वासुकलालाई सरुवा गरेका हुन् । अहिले ७५ जिल्लामध्ये बारा जिल्लाबाट मात्र डीएफओलाई सरुवा गरिएको हो ।
संसद्को प्राकृतिक स्रोत-साधन समितिले बारामा वन काट्न तथा बिक्री-वितरणमा रोक लगाएपछि आएका जिल्ला वन कार्यालयका सहसचिवस्तरीय डीएफओ वासुकलालाई सरकारले बाराको वन खुल्ला गर्ने कार्यक्रम सार्वजनिक गर्नेबित्तिकै प्रधानमन्त्रीका सल्लाहकार पौडेलले वनलाई डिमोसन गर्दै वासुकलालाई केन्द्रीय तालिम केन्द्रमा सरुवा गरी बारा वन आउन चाहने डीएफओका लागि अघोषित रूपमा टेन्डर खोलेको जिल्ला वन कार्यालयका एक कर्मचारीले बताए । तत्कालीन डीएफओ वासुकलाले आफूलाई नेपालको कुनै कुनामा पठाए पनि जान तयार रहेका तर रत्तिभर घुस दिन तयार नभएपछि सरुवा भएको उनले बताए । सरुवापश्चात् रिक्त रहेको वन अधिकृतमा आफूलाई सरुवा गराइदिन कर्मचारीहरूको दौडधुप चलेकोे छ ।
यसरी प्रस्तावित नामहरूमा योगेन्द्रप्रसाद यादव, जीवनकुमार ठाकुर, गणेश झा, बाबुराम भण्डारीलगायत एक दर्जनभन्दा बढी ‘ख’ वर्गका डीएफओहरू बारामा आउन अहिले पौडेलको पछि-पछि लाग्न थालेका छन् । जसमध्ये यादव र भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले छानबिनमा रहेका डीएफओ हुन् । एमालेका जिल्लास्तरीय कार्यकर्ताहरू योगेन्द्रलाई बारामा ल्याउन जोड दिइहेका छन् भने अन्य डीएफओहरू डाक बढाबढमा लागेका छन् ।
यतिखेर पौडेललाई अप्ठ्यारो के परेको छ भने योगेन्द्रलाई ल्याउ“दा उनको जागिरअवधि तीन महिना करिब रहेकोले तस्करीको अवसर कम हुने र दाम पनि कम आउने । उनी राजनीतिक खेलाडी भएकाले अर्कोतर्फबाट पनि सोच्न बाध्य भएका छन्, त्यो के हो भने हाल योगेन्द्रलाई बारामा पठाउ“दा कार्यकर्ता पनि खुसी हुने र जे-जति दाम झरे पनि ‘नहुने मामाभन्दा कानो मामा’ नै उचित हुने उनले ठानेका छन् । तीन महिनापछि योगेन्द्रको अवकाश भएपछि फेरि ‘घुमिफिरी रुम्जाटार’ भन्ने मनस्थिति उनको रहेको निकटवर्तीको दाबी छ ।
स्मरण रहोस्, बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्रफल रहेकोमा नियन्त्रण हुन नसक्दा १० हजारभन्दा बढी हेक्टर क्षेत्रफल विनास भइसकेको छ । – वसन्त खतिवडा

सभामुखविरुद्ध सर्वोच्चमा रिट
दलित जनजाति पार्टीका सभासद्हरूलाई निलम्बन गरेको विरुद्धमा निलम्बित चार सभासद्ले सर्वोच्च्ा अदालतमा नेम्वाङविरुद्ध मुद्दा दर्ता गरेका छन् । निलम्बित सभासद् पासवानको पार्टीका बारा, पर्सर्ाारौतहटका संयोजक मुखिलाल हजराले प्रेस विज्ञप्तिमार्फत सो जानकारी गराएका हुन् ।

स्वास्थ्यकर्मीको आपत्ति
नेपाल स्वास्थ्यकर्मी सङ्घले युनियन अधिकार र पेसागत मागहरू समावेश गरी विभिन्न मितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दिइएको ज्ञापनपत्रको मन्त्रालयले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरूमाथि यसरी नै उपेक्षा दर्शाइरहे कडा सङ्घर्षका कार्यक्रमहरू अगाडि सार्ने सङ्घका अध्यक्ष रामजी घिमिरेले जनाएका छन् ।
सङ्घले २०६६ असोज २५ मा नेपाल स्वास्थ्यकर्मी सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच भएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका २३ बु“दे माग अघिसारेको छ ।

काबेली करिडोरको सवस्टेसन लखनपुरको गौरव
दमक नगरपालिकास“ग सिमाना जोडिए पनि वर्षौंदेखि सहरीकरणबाट उपेक्षित हु“दै आएको लखनपुर गाविसमा धमाधम क्षेत्रीयस्तरका विकास आयोजना निर्माण थालिएका छन् ।
रतुवामाई वृक्षरोपण आयोजनाहातामा निर्माणको प्रस्ताव गरिएको विशष आर्थिक क्षेत्र अन्योलमा परिरहे पनि वडा नम्बर- १ मा आदिवासी रङ्गशाला तथा स्मृति पार्क निर्माण थालिएको छ भने सो नजिकै नेपाल विद्युत् प्राधिकरणको काबेली करिडोर १३२ केभी प्रसारण लाईन आयोजनाको सवस्टेसन निर्माण सुरु भएको छ ।
पूर्व-पश्चिम राजमार्गनजिकै गौरीया खोला किनारमा आयोजनाका भौतिक संरचना निर्माण भइरहेका छन् । सरकारको करिब २० करोड रुपैया“ लागतमा आयोजनाका काम थालिएको विद्युत् प्राधिकरण महाशाखाका प्रमुख श्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्राधिकरणले दुईवटा निर्माण कम्पनीमार्फत ती काम सुरु गरेको हो । सन् २०१५ बाट विद्युत् प्रसारण गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण थालिएको उनले जानकारी दिए ।
आयोजनाले स्थानीयवासीको करिब तीन बिघा दुई कट्ठा जमिन खरिद गरी घेरा-बारा, सुरक्षाकर्मीघर, कन्ट्रोल बिल्डिङलगायतका भौतिक संरचना निर्माण थालेको हो । आयोजनाका साइड कार्यालय दमकका सहायक इन्चार्ज राजेन्द्र प्रर्साईंका अनुसार मेची अञ्चलको विद्युत् वितरण थप प्रभावकारी र सरल बनाउने उद्देश्यले योजनाको अवधारणा ल्याइएको हो । हालको विद्युत् वितरण प्रणालीमा सघाउ पुर्‍याउन सवस्टेसन निर्माणकार्य थालिएको प्रर्साईंले बताए । मोरङको दुहबीबाट आउने विद्युत्को लाइन पूर्व बिर्तामोड ह“ुदै वितरण गरिने गरिएको छ । तर, सवस्टेसन सञ्चालनमा आएपश्चात् दुहबीबाट विद्युत् यसै सवस्टेसनबाट वितरण हुने बताइएको छ । प्रर्साईंले भने, ‘ताप्लेजुङको काबेली खोलाबाट ३५ मेगावाट विद्युत् उत्पादनको सम्भाव्यता रहेकाले सो स्थानबाट विद्युत् वितरण र सवस्टेसन सञ्चालन स“गै गरिनेछ ।’ उनका अनुसार काबेली खोलाबाट विद्युत् उत्पादन प्रक्रिया अन्तिम चरण पुगेको छ ।
आयोजनाको भौतिक संरचना बनाउने जिम्मेवारी गत वर्ष नै राजधानीको मुडभरी एन्ड जोशी कम्पनी र रथिना सुन्दरी जेबी कन्ट्रक्सनले पाएका हुन् । अलग-अलग कम्पनीले आयोजनको घेरा-बारा, गार्डभवन र उपकरण भवन निर्माणको ठेक्का पाएका छन् । रथिनाले घेराबार या पर्खाल र भवन निर्माणका लागि दुई करोड २४ लाख रुपैया“ र अर्को कम्पनीले आयोजनाका मुख्य बिल्डिङका लागि करिब १८ लाख रुपैया“को ठेक्का पाएको बताइएको छ । रथिनाले चालू आर्थिक वर्षमा नै काम पूरा गर्ने जिम्मेवारी पाए पनि विभागले समयमा नै थप रकम निकासा नगरेकाले काममा ढिलाइ भएको ठेकेदार तुलसी रेग्मीले बताए ।
लखनपुर गाविसका सचिव टेकबहादुर कार्कीले आयोजनको सवस्टेसन निर्माणले गाविसको विकासमा समेत महत्त्वपूर्ण सहयोग पुर्‍याउने आशा व्यक्त गरे । उनले भने, ‘लखनपुरमा यस्ता महत्त्वपूर्ण विकास निर्माण हुनु यस क्षेत्रको गौरवको कुरा हो ।’-विष्णु सुब्बा

सिटिजन्सले निर्वाह गर्‍यो सामाजिक उत्तरदायित्व
नेपालको शिक्षा जगत्मा टेवा पुर्‍याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दिया गुलरियास्थित मदरसा असरफिया मदउदुल उलु प्राथमिक विद्यालयलाई भौतिक सहयोगस्वरूप कम्प्युटर वितरण गरेको छ । त्यस विद्यालयको प्राङ्गणमा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख प्रशासकीय अधिकृत तथा कम्पनीसचिव गणेशराज पोखरेलले उक्त विद्यालयका मोहम्मद अउब हल्वाईलाई कम्प्युटर हस्तान्तरण गर्नुभयो । साथै बैंकले नेपालगञ्जस्थित जामा मस्जिदका भक्तजनहरूको सुविधालाई ध्यान राखी उक्त मन्दिरलाई जुत्ता-र्‍याक प्रदान गरेको छ ।
यसैगरी अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई लक्षित गरी उनीहरूको क्षमता विकास र दक्ष प्राविधिक बनाउने उद्देश्यले ‘युवा अपाङ्ग सङ्गठन-नेपाल’ले आयोजना गरेको कम्प्युटर हार्डवेयर एन्ड नेटवर्किङ तालिम कार्यक्रमलाई टेवा पुर्‍याउने उद्देश्यले बैंकले त्यस संस्थालाई कम्प्युटर वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअर्न्तर्गत बैंकले शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिकजस्ता क्षेत्रहरूमा प्रत्येक वर्ष सहयोग पुर्‍याउ“दै आएको तथा भविष्यमा पनि यसैगरी सहयोग पुर्‍याउने प्रतिबद्धता सो अवसरमा पोखरेलले व्यक्त गर्नुभयो ।

गोदावरीलाई पर्यावरणीय पर्यटक क्षेत्र बनाउन माग
गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्र घोषणा गर्न यसको महत्त्व र आवश्यकता विषयक विचारगोष्ठी ललितपुरको बार एसोसिएसनको हलमा सम्पन्न भएको छ । युवा जागरण पर्यावरणीय मञ्चद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले गोदावरी क्षेत्रलाई पर्यावरणीय क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । गोदाबरी मार्बल पुनः सञ्चालन गर्न खोजेपछि त्यसलाई रोक्नका लागि विचारगोष्ठीको आयोजना गरिएको हो ।
माओवादी पोलिटब्युरो सदस्य, नेवा मुक्ति मोर्चाका अध्यक्ष दिलबहादुर श्रेष्ठले ललितपुर जिल्लाको धरोहर, विभिन्न जात्राको स्थल, जलाधार क्षेत्र गोदावरीलाई जोगाउनुपर्ने बताउनुभयो । प्राकृतिक क्षेत्र संरक्षणमा माओवादी जहिले पनि प्रतिबद्ध रहेको उहा“को दाबी थियो । नेकपा एकीकृतका सभासद् राधा तिमिल्सिनाले खानी विभागको नियमकानुनबमोजिम रही कलकारखाना चलाउनुपर्ने कुरा औ“ल्याउनुभयो भने वातावरण पत्रकार समूहका सदस्य ध्रुव बस्नेतले आ“खीझयाल र वातावरणको पक्षबाट यस कार्यक्रमलाई महत्त्वका साथ स्थान दिइने प्रतिबद्धता गर्नुभयो । सिद्धिपुर खानेपानीका कोषाध्यक्ष रवीन्द्रले चाहि“ गोदावरी क्षेत्रको चासो र चिन्ता व्यक्त गर्नुभयो ।
यसैगरी, नेपाली काङ्ग्रेसका सभासद् रामकृष्ण चित्रकारले गोदावरी क्षेत्रलाई सम्पदाको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । नौधारा वन उपभोक्ता समूहका अध्यक्ष रविराज आचार्यले मल्लकालमा प्राचीन समयमा हीरापुरका नामले चिनिने गोदावरीको तीनपाने भञ्ज्याङबाट विगतमा अङ्ग्रेजलाई भगाइएको इतिहास स्मरण गराउ“दै ५२१ फूल, ३२१ चरा, संसारको अन्यत्र नभएका २५९ पुतली, ६७ प्रकारका सुनाखरी पनि प्रशस्त मात्रामा रहेको जानकारी गराउनुभयो । उहा“ले यस क्षेत्रलाई पर्यावरणीय पर्यटक क्षेत्रका रूपमा विकास गर्न गम्भीरतापूर्वक सबै लाग्नुपर्ने कुरा गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घका इन्चार्ज राजेन्द्र खनालले जैविक विविधताका २७ नम्बरको धनी देश नेपालको राजधानी उपत्यकको सबैभन्दा संवेदनशील क्षेत्र गोदावरी नै भएको दाबी गर्नुभयो । नेपालको चेरापुञ्जीको रूपमा रहेको गोदावरीलाई विश्वको विविधताका निमित्त २०० प्रमुख स्थानमध्येको एकका रूपमा चिनिएको उहा“को कथन थियो । जसरी वनलाई सामुदायिक वनको जिम्मा लगाएपछि नेपाल एसियामा राम्रोे नमुनाका रूपमा विकसित भएको छ यही अवधारणालाई अहिले यो क्षेत्रमा यही अनुभव साट्नुपर्ने हुन्छ भन्दै समुदाय वा सरोकारवालाहरूलाई जिम्मा लगाउ“दा बढी सुरक्षित हुने बताउनुभयो । विश्वमा अन्यत्र कही“ नपाइने का“ढेभ्याकुर फुल्चोकीमा मात्र भएको पनि सो अवसरमा जानकारी दिइयो ।
मञ्चका अध्यक्ष डा. अष्टमान किसी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पर्यावरण चक्र रेडियो एफएम १०४.२ मेघाहर्जका बटुकृष्ण कार्कीले दिनुभएको थियो भने महिला विभागकी अध्यक्ष रत्नमाया अवालले कार्यपत्र पढेर सुनाउनुभएको थियो । ललितपुर जिविसका सर्वदलीय प्रतिनिधि भूपेन्द्र नेवाङले पनि मन्तव्य दिनुभएको थियो ।
-रामप्रसाद अर्याल