प्रचण्डको परीक्षा † -श्रीधर शर्मा

प्रचण्डको परीक्षा † -श्रीधर शर्मा


माओवादीभित्रको आरोप-प्रत्यारोप नौलो होइन तर पछिल्ला दिनमा जसरी उसभित्रको झगडा छताछुल्ल भएको छ । कुनै पनि दल झगडामुक्त नभएकाले माओवादीको घरझगडा नौलो विषय पनि नहुनुपर्ने हो । तर, संविधानसभाको ठूलो दल र मुलुकमा भएको पछिल्ला परिवर्तनको बाहक आफैं भएको दाबी गर्ने गरेको कारण त्यस दलका गतिविधिप्रति सबैको चासो जाने र अत्यन्त महत्त्वका साथ हेर्ने प्रचलन नै भएको छ । फेरि सो दलभित्रको अन्तरकलहका कारण शान्ति र संविधान निर्माणको कार्यमा बाधा पुग्न सक्ने भएकाले पनि यसतर्फ बढ्तै चासो जानु अस्वाभाविक छैन ।
वास्तवमा माओवादी आप+mै सङ्क्रमणमा छ यतिखेर । कुहिरोमा रुमल्लिएको कागझैं कुन बाटो जाने भन्ने अन्योलमा छ ऊ र लगभग सिद्धान्तहीन्ाजस्तो बनेको तथा नयाँ विचार र बाटोका साथ अघि बढ्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको कारण गुट-उपगुटमा विभाजित भइरहेको छ । उसले कल्पना गरेको सत्ता कल्पना मात्रै हुने कुरा त स्पष्ट भई नै सक्यो अब कुन बाटो लिने भन्ने विषयमा अन्तरसङ्घर्ष चलिरहँदा कहिले को कसका नजिक र कहिले को कसका नजिक पुग्ने र एक-अर्काप्रति अनेक किसिमका आरोप-प्रत्यारोप गर्ने क्रम जारी छ । तर, यो अलमल जति लामो समयसम्म रहन्छ त्यति नै लामो समयसम्म मुलुकले निकास पाउन नसक्ने हुँदा हाम्रोे सरोकार राष्ट्रिय राजनीतिमा पर्न सक्ने प्रभावसम्मको हो ।
अरू पार्टीहरूलाई अलमल्याउँदै यहाँसम्म आइपुग्न सफल भए पनि अहिलेसम्मका अनुभवबाट अन्य दलहरू माओवादीप्रतिको सम्बन्धमा सचेत भएका छन् । उसको पार्टीभित्र एउटा कुरा हुने र बाहिर सहमतिको नाममा अर्कै कुरा हुने गरेको यथार्थ सबैलाई अवगत भइसकेको छ । उसको सहमति गर्ने तर त्यसको पालना नगर्ने स्वभाव पनि सबैले बुझिसकेका छन् । कतिपयमा व्रि्रोहको ‘ह्याङओभर’ अझै बाँकी हुँदा बेलाबेला त्यस्ता गुटबाट बेलाबखत व्यक्त हुने विचारले पनि माओवादीप्रति सशङ्कित नै बनाउँछ । यही विरोधाभासको कारण उसका प्रति अन्य दलहरू र विशेषतः लोकतान्त्रिक शक्तिहरूको विश्वास निकै कम छ । अझ भनौँ माओवादीको यही चरित्र अहिलेको प्रमुख समस्या हो ।
संविधानसभामा ठूलो दलको हैसियत बनाएकाले उसको आफ्नै दाबी र उपस्थिति पनि छ जुन नाजायज होइन । तर, उसले आफ्नो हैसियत देखाउन बेलाबेला अवलम्बन गरेका उपायले उसलाई त विवादमा तानेकै छन् मुलुकमा गतिरोधको अन्त्य हुनसमेत सकेको छैन । यर्सथ यस मुलुकलाई निकास दिन सर्वप्रथम माओवादी आफैं रूपान्तरण हुनु, स्पष्ट हुनु जरुरी छ । लोकतन्त्रको आवरणमा सर्वसत्तावादी शासन व्यवस्था स्थापना गर्ने सपना देख्न छाड्नु अनिवार्य छ । यसैगरी सत्ताको अनुभव भइसकेको छ, धरातलीय यथार्थको ऊ जत्तिको जानकार सायदै अरू कोही होला, अनि उसले बाहिर भन्ने गरेजस्तो ‘जनताको सङ्घीय गणतन्त्र’को नारा अहिले यो युगमा आएर नाराभन्दा बढ्ता केही हुन सक्दैन भन्ने यथार्थप्रति पनि ऊ अनभिज्ञ छैन भने अनेक किसिमका बखेडा र बहानाबाजी गरिरहनुको कुनै अर्थ र औचित्य छैन । यो कुरा उसले बुझ्नैपर्छ ।
माओवादी कुरा राष्ट्रवादको गर्छ तर दलभित्रको अन्तरविरोध र सिद्धान्तहीनताको कारण मुलुकलाई अघि बढ्नबाट रोक्छ भने उसको राष्ट्रवादको नारा केवल नाराकै लागि मात्र हो भन्ने बुझिनेछ । कुनै गुट वा समूह वा व्यक्तिको स्वार्थका कारण मुलुकको गति अवरुद्ध हुन्छ भने त्यस्तो अवरोध राष्ट्रघात नै ठहरिन्छ, चाहे माओवादी शब्दकोशमा त्यसको जेसुकै अर्थ लागोस् ।
परस्पर आरोप-प्रत्यारोप कम्युनिस्टहरूको विशेषता हो । विभिन्न किसिमका शब्द विशेषणका लागि पनि कम्युनिस्टहरूलाई कसैले उछिन्न सक्दैन । टुट्नु फुट्नु नेपाली कम्युनिस्टहरूको पहिचान हो । यिनै पृष्ठभूमिमा यतिखेर माओवादी नेताहरूको आरोप-प्रत्यारोप र गुट-उपगुटको सक्रियतालाई हर्ेदा कतिपयले त यो झगडा फुटसम्मै पुग्छ भन्ने अनुमान पनि गरिरहेका छन् । तर, एकीकृत नेकपा माओवादी फुट्नु राष्ट्रिय राजनीतिको दृष्टिकोणबाट उचित हुनेछैन किनकि साना तथा क्षेत्रीय दलहरू टुट्नु फुट्नुजस्तो सामान्य घटना यो हुँदैन र हुन सक्दैन । यदि यसो भयो भने शान्ति र संविधानको नेपाली जनताको चाहना पूरा नहुने मात्र होइन मुलुक अझ निकै लामो समयसम्म अन्योलमै रहनेछ ।
अध्यक्ष कमरेड प्रचण्डले यसअघि पालुङटारले अंगालेको ‘नभए व्रि्रोह’को लाइनलाई त्याग्दै ‘शान्ति र संविधान’को बाटो अंगाल्ने निर्णय लिँदा थुप्रै आशङ्काका बीच पनि त्यसलाई ‘सकारात्मक’ र ‘साहसिक’ भनेर स्वागत र प्रशंसा गरिएको हो । तर, कल्पनाको उडानमा उड्नेहरूलाई आफ्नो विचारमा सहमत गराउन नसक्नुले उनको कमजोरी प्रस्टै देखिएको छ । पछिल्ला दिनमा त एउटा समूहले उस्तै परे संसदीय दलको नेता र पार्टी अध्यक्ष नै परिवर्तन गर्न सकिनेसम्म पनि बताउन थालेको छ । यो उनको नेतृत्व-क्षमतामाथि नै प्रश्न हो र यसप्रति प्रचण्ड स्वयम्को गम्भीरता आवश्यक छ । अनि माओवादीमा यो आन्तरिक द्वन्द्व कायम रहेसम्म मुलुकले निकास पाउन नसक्ने हुँदा जतिसक्दो चाँडो यसको अन्त्यका लागि पनि उनकै सक्रियता आवश्यक छ जुन उनको आफ्नै अस्तित्वका लागि पनि अनिवार्य छ ।