तपाईंको यो साता (राशिफल, ९–१५ माघ २०७५)

तपाईंको यो साता (राशिफल, ९–१५ माघ २०७५)


  • ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । रोकिएको काम दोहोऱ्याएर प्रयत्न गर्दा सम्पादन हुनेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नुअघि गणेशजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष
एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । सरुवा तथा बढुवाको योग रहेको छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मित्रजनको साथ–सहयोग मिल्नुका साथै आम्दानीका स्रोत बढ्नेछन् । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ हरियो वा घ्यूरङ हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । समय प्रतिकूल भई कुलतमा मन जानेछ । साताको अन्त्यबाट अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धैर्य एवम् लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद यात्राका योग पनि देखिन्छन् । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह
यो सातामा समुदायको हकहित हुने काम सम्पादन गर्न सकिनेछ । लगनशीलताले नाम र दाम दिलाउन सक्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ पहेँलो वा गुलावी हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या
अनावश्यक ठाउँमा धन खर्च होला । मन खिन्न हुने स्थिति आउनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । साताको पहिलो दिनबाट सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बीचमा काम रोकिए पनि दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । साताको अन्त्यमा अरूको वचन टार्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । परिवारसँग रमाइलो भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ गुलाबी वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु
लाभ र अवसरबाट वञ्चित रहनुपर्ला । स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साताको अन्त्यबाट बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सुन्तलारङ वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला । राज्यबाट मान–सम्मान पाइनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ
पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । तार्किक क्षमता एवम् बोलीको प्रभावले स्वरोजगार भइनेछ । नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व मान्यजनको आशीर्वाद लिई यात्रा गर्नाले सफलता मिल्नेछ ।

मीन
भित्रैबाट मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । रमणीय र सुखद यात्राको योग छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा कार्यालय तथा घरायसी दुवैतर्फको बोझिलो कार्यले तनाव सिर्जना हुन सक्छ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता हात पर्नेछ ।