आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०७५ मंगलबार, ५ फेब्रुअरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०७५ मंगलबार, ५ फेब्रुअरी २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे विरोधकृत नामक संवत्सर शिशिर ऋतु श्रीशाके १९४० नेपाल सम्वत् ११३९ वि.सं. २०७५ माघ २२ गते तद्अनुसार सन् २०१९ फेब्रुअरी ५ तारिख मंगलबार माघ शुक्लपक्ष प्रतिपदा तिथि, धनिष्ठा नक्षत्र, व्यतिपात योग ८ः४१ पर वरियाण योग किंस्तुघ्न करण १४ः४३ पर बालब करण आनन्दादिमा उत्पात योग चन्द्रमा मकर राशिमा साँझ १८ः४६ सम्म पछि कुम्भ राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त १७ः४६ मा हुनेछ । शुभ समय– अभिजित– ११ः५६ देखि १२ः४० अशुभ समय– राहु काल– १५ः०१ देखि १६ः२५ दिशा शूल– उत्तर ।

आजको राशि फल :

मेष राशि – आरोग्यता बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला । उच्चाधिकारीको सहयोग मिल्नेछ ।

बृष राशि – शुभ काममा सफलता मिल्नेछ । धर्मकर्ममा रुचि बढ्ला । यात्रामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ मिल्ला । सुख–आनन्द बढ्ला । सन्तान सुख बढ्नेछ । आफन्तबाट सहयोग–समर्थन मिल्नेछ । बेलुकीपख कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।

मिथुन राशि – भागदौड भइरहला । खर्च बढ्ने अनावश्यक यात्रा हुने सम्भावना रहनेछ । सोचिविचारी योजना बनाएर काम गर्नु उचित रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु कष्टदायक सावित हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर गर्दा सचेत रहनुपर्ला । नियम–कानूनलाई ध्यान राख्नु पर्नेछ । चोटपटकप्रति सचेत रहँदै स्वास्थ्यमा ध्यान राख्नु बेस होला ।

कर्कट राशि – विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा आँट–उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन–प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

सिंह राशि – आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । सभा–समारोहमा मान पुरस्कारको प्राप्ति होला । पारिवारिक सुख–शान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नुहुनेछ ।

कन्या राशि – समय शुभ र सौभाग्यशाली छ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । मनोकूलको काम बन्नेछ । सुख–आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ भेटिएला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । आरोग्यता वृद्धि होला ।

तुला राशि – खर्च बढ्नेछ । भागदौड भइरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । सामान हराउने डर रहला । भुचचुक नहोस् भनेर ध्यान राख्नुपर्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । स्वास्थ्यप्रति सचेत रहँदै विवाद आदिमा नपरी आफ्नै बल–विवेकले काम गर्नु शुभ हुनेछ ।

वृश्चिक राशि – अन्नधन वृद्धि हुनेछ । घरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

धनु राशि – कर्मपथमा अग्रसर रहिरहनु हुनेछ । सुख सम्पत्ति वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । धनको कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मकर राशि – यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको कार्यमा सफलता मिल्नेछ । धर्म कर्ममा प्रवृत्ति बढ्ला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । हास–विलासको अवसर मिल्नेछ ।

कुम्भ राशि – चोटपटक र स्वास्थ्यमा ध्यान राख्नुपर्ला । जोखिमपूर्ण काममा नपर्नु नै उचित हुनेछ । नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । संयम र विवेकपूर्वक काम गर्नु उचित हुनेछ । महत्वपूर्ण वस्तु नहराओस् भनेर ध्यान राख्नुपर्ला ।

मीन राशि – रोकिएको काम बन्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । हास–विलासमा आकर्षण होला । साझेदारीसम्बन्धी काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुट्कारा मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला ।